गोर्खाली रग्बी सेभेन्स पुरूष राष्ट्रिय रग्बी आजदेखि
काठमाडौँ । ‘स्वास्थ्यका लागि खेलकुद र राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ भरतपुरमा शुक्रबारदेखि दुई दिने राष्ट्रिय रग्बी प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता गोर्खाली रग्बी क्लबको आयोजना र नेपाल रग्बी संघको प्राविधिक सहयोगमा सञ्चालन हुन लागेको हो ।
२०७४ सालदेखि संघले आयोजना गरेका विभिन्न राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदै आए पनि यसपटक आफैले प्रतियोगिता सञ्चालन गर्न लागेको जानकारी आयोजक क्लवका अध्यक्ष हरेराम कार्कीले दिए ।
प्रतियोगितामा प्रथम हुने टोलीलाई दुई लाख, दोस्रो हुने टोलीलाई एक लाख रूपैयाँ र सर्वोत्कृष्ट खेलाडीलाई ट्रफी र इटालियन सुट प्रदान गरिने जानकारी रग्बी संघ चितवनका अध्यक्ष सुमन पौडेलले जानकारी दिए ।
प्रतियोगितामा कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, मधेस प्रदेश, आयोजक क्लब, नेपाल आर्मी र सशस्त्र प्रहरीको एक–एक सातवटा टोलीको सहभागिता रहने बताइएको छ । प्रतियोगिताको उद्घाटन भरतपुर महानगरपालिकाकी नगर प्रमुख रेनु दाहालले गर्ने आयोजकले जनाएको छ ।
खेल तालिकाअनुसार पोल ‘ए’ मा सशस्त्र प्रहरी बलको एपीएफ, नेपाल आर्मी, मधेश प्रदेश र लुम्बिनी प्रदेश रहेका छन् भने पोल ‘बी’ मा गण्डकी प्रदेश, आयोजक गोर्खाली रग्बी क्लब र कर्णाली प्रदेश रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण