लैङ्गिक अल्पसंख्यकको हत्या गरेको आरोपमा बसका सहचालक पक्राउ
काठमाडौँ । काठमाडौँ महानगरपालिका–४ सुकेधारास्थित धोविखोला करिडोरमा लैङ्गिक अल्पसंख्यकको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा घर भएका बिराज ठकुरी छन् ।
ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ घर भएर काठमाडौँ–७ बस्दै आएका अडविर राई फागुन १४ मा मध्यराती धोविखोला करिडोमा मृत भेटिएका थिए । उनको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले रातोपाटीलाई बताए । उनले भने, ‘शंकास्पद एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ ।’
प्रहरीले आरोपीको नाम औपचारिक रूपमा सार्वजनिक गरेको छैन । प्रयोगमा नआएको शौचालयमा राईको शव म्याट्रेस, सिरानी, झोला र फोहोरले छोपेर राखेको अवस्थामा फेला परेको थियो ।
पक्राउ परेका आरोपी चक्रपथमा चल्ने बसका सहचालक हुन् । जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी प्रह्लाद कार्की नेतृत्वको टिमले उनलाई पक्राउ गरेको हो । घटनाबारे प्रहरी वृत महाराजगन्जले अनुसन्धान गरिरहेको छ । राईको टाउको, निधार र नाकमा धारिलो हतियारको चोट देखिएको छ । आरोपीले ढुंगाले हिर्काएर हत्या गरेको बयान दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण