चाँगुनारायण–नगरकोट पदयात्रा–२०८१ सम्पन्न
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) नागरिक उड्डयन तथा पर्यटन विभागले आयोजना गरेको चाँगुनारायण–नगरकोट पदयात्रा सम्पन्न भएको छ ।
नेकपा एमालेको तीन महिने अभियान तथा चाँगुनारायण नगरपालिकाले आगामी वैशाख १ गतेदेखि सञ्चालन गर्ने नगरकोट भ्रमण वर्ष २०८२ को प्रवर्द्धन गर्ने उद्देश्यले आज आयोजित पदयात्रा चाँगुनारायणबाट सुरु भई नगरकोटमा सम्पन्न भएको हो ।
चाँगुनारायण नगरपालिका– ४ बाट बिहान ८ बजे सुरु भएको पदयात्रा हजार सिँढी, चाँगुनारायण मन्दिर, न्याचा पौवा, शान्ति पार्क, त्रिशूलडाँडा, तेलकाट, जालपादेवी मन्दिर, स्याउली बजार, डाँडाटोल, पिपल बोट, लामा टोल, सनराइज, ओमशान्ति मार्ग, गडगडे, लामीडाँडा हुँदै भट्टेडाँडा नगरकोट पुगेर १५ किलोमिटर लामो पदयात्रा सम्पन्न भएको हो ।
नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं भक्तपुर इन्चार्ज महेश बस्नेतले पदयात्राको उद्घाटन गर्दै राजनीतिमा प्रतिस्पर्धा भए पनि विकासमा सबै पार्टी एकताबद्ध भएर लाग्नुपर्ने बताए । उनले यसअघि चाँगुनारायणका नगरप्रमुख सोम मिश्र र हालको नगरप्रमुख जीवन खत्रीको नेतृत्वमा भएको बिकासलाई जनताले मूल्याङ्कन गर्नुपर्ने बताउँदै सबै मिलेर विकासमा ऐक्यबद्धता जनाउन सके विकासले फड्को मार्ने उल्लेख गरे ।
कार्यक्रममा नेकपा एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले एमालेको जिल्ला केन्द्रित तीनमहिने अभियानअन्तर्गत र नगरकोट भ्रमण वर्ष २०८२ लाई सफल पार्न चाँगु–नगरकोट पदयात्रा आयोजना गरेको बताए ।
सो कार्यक्रममा वागमती प्रदेश स्वास्थ्यमन्त्री किरण थापाले पर्यटनको विकास गर्न सके आर्थिक विकासमा फड्को मार्ने बताउँदै सरकारले पर्यटनको विकासलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने बताए ।पदयात्रामा एमालेका केन्द्रीय सदस्य सोम मिश्र, जिल्ला पदाधिकारीलगायत एक हजारभन्दा बढीको सहभागिता रहेको एमाले जिल्ला प्रचारप्रसार समितिका संयोजक पुष्पराज बस्नेतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण