नेपाल र जापानबिचको सम्बन्ध झन् घनिष्ट : उपराष्ट्रपति यादव
काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाल र जापानबिच ऐतिहासिक, सामाजिक एवम् सांस्कृतिक सम्बन्ध रहेको बताएका छन् । सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भए यता दुई देश बिचको सम्बन्ध थप घनिष्ठ एवम् मैत्रीपूर्ण रूपमा अगाडि बढिरहेको बताउँदै उनले नेपाल र जापानबिच ऐतिहासिक एवम् परम्परागत सम्बन्ध रहेको जिकिर गरेका हुन् ।
जाइका अलमनाई एसोसिएसन अफ नेपाल (जान) को ५१औँ वार्षिक समारोहलाई शनिबार सम्बोधन गर्दै उपराष्ट्रपति यादवले नेपाल र जापान बिच ‘एसियाका ज्योति’ भगवान् बुद्धको शिक्षाबाट प्रभावित युगौँ पुरानो सामाजिक–सांस्कृतिक सम्बन्ध रहेको बताए ।
नेपालको सामाजिक तथा आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएकोमा जापान सरकारलाई धन्यवाद दिँदै उनले जापानी आर्थिक सहयोगका प्रमुख क्षेत्रहरूमा मानव संसाधन विकास, स्वास्थ्य, कृषि विकास, पूर्वाधार विकास, वातावरण संरक्षण, संस्कृति लगायतको रहेको बताए ।
नागढुंगा सुरुङमार्गको सुरुवातसँगै सडक पूर्वाधारको विकासमा जापानको सहयोग प्रशंसनीय रहेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले ‘जान’ का सम्पूर्ण पदाधिकारी एवम् सदस्यहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै यो संस्था ५० वर्षयता सक्रिय रहेको जानकारी पाएर खुसी लागेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण