एमाले सचिवालय बैठक बस्दै, अध्यादेशबारे छलफल हुँदै
आइतबार, १८ फागुन २०८१, ०६ : ३६

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आइतबार बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकमा मुख्यत: सरकारले ल्याएको अध्यादेशबारे छलफल हुनेछ ।
एमाले केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले अध्यादेशलगातयका विषयमा बैठकमा छलफल हुने बताए ।
सत्तारुढ दलकै असहयोगका कारण एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका अध्यादेशहरु अलपत्र पर्दै आएको छ ।
पुस अन्तिम साता बसेको मन्त्रिपरिषद बैठकले भूमिसम्बन्धीसहित विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो । ती अध्यादेश संसदमा दर्ता भएपनि राष्ट्रियसभामा सत्तापक्षको बहुमत नहुँदा दुवै सदनमा निर्णयार्थ पेस हुन नसकेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी राजमार्गको के छ अवस्था ? कसरी भइरहेको छ काम ?
-
असार ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले ग्वार्काे फ्लाईओभरको उद्घाटन गर्ने
-
अछाममा चट्याङ लाग्दा महिला घाइते, बाख्रा मरे
-
जेब्रा क्रसिङमा समेत जोखिममा छ ज्यान, तस्बिरहरू
-
आज कालीमाटीमा कुन तरकारी र फलफूलको कति छ थोक मूल्य ?
-
अनधिकृत संरचना हटाउन दोस्रो पटक सूचना जारी