राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षक सार्वजनिक गर्दै एन्फा
आइतबार, १८ फागुन २०८१, १२ : ४३
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षक सार्वजनिक गर्ने भएको छ । यसका लागि एन्फाले आइतबार अपराह्न १६ः०० बजे कार्यक्रमको आयोजना गरेको छ ।
एन्फा स्रोतका अनुसार, अस्ट्रेलियाका म्याट रोसलाई राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षकका रूपमा सार्वजनिक गर्न लागिएको हो । एन्फाले सञ्चारकर्मीसँग मुख्य प्रशिक्षकको अन्तरक्रिया कार्यक्रम पनि राखेको छ ।
भिनसेन्जो अल्बर्टो एनेसको स्थानमा म्याट रोसलाई प्रमुख प्रशिक्षक बनाउन लागिएको हो । गत भदौमा एन्फाले एनेसको सम्झौता नविकरण नगरेपछि राष्ट्रिय टोली प्रमुख प्रशिक्षकविहीन थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण