डा. अधिकारीले ल्याए एकसाथ तीन गीतकाे भिडियो
काठमाडौँ । डा. रुद्रनाथ अधिकारीले एकसाथ ३ गीतका म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा ‘अब अति भइसक्यो जागौं’ (राष्ट्र भक्ति गीत)’, ‘आमा’ (मातृ भक्ती गीत) र ‘आउन माया आउ मेरो हात समाउ’ (प्रेमिल गीत)का ३ भिडियोहरु रिलिज गरिएको हो ।
वरिष्ठ गीतकार राजेन्द्र थापा, गीतकार संघका पूर्वअध्यक्ष चुडामणि रेग्मी, गीतकार एसपी कोइराला, गीतकार एवम संविधानविद भीमार्जुन आचार्यले लगायतले गीत सामूहिक सार्वजनिक गरे । कार्यक्रममा अतिथिले अधिकारीले नेपाली गीत संगीतमा पुर्याएको योगदानको चर्चा गरे ।
अधिकारीका शब्द रहेको तीन गीतमा प्रमोद खरेल, निशान भट्टराई, स्वरुपराज आचार्य, दीपक लिम्बु, सदिक्षा कट्टेल, रोजिना बस्नेतलगायतको स्वर छ ।
गीतको भिडियो कृष्णदेव रुपाखेतीले निर्देशन गरेका हुन् । तीन भिडियो मध्य एक ‘अब अति भइसक्यो जागौं’ भिडियोमा शिल्पा पोखरेल र प्रभात पलको अभिनय छ । भिडियोमा डा.अधिकारी र उनकी धर्मपत्नी लक्ष्मी अधिकारीलाई पनि देख्न पाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण