डा. अधिकारीले ल्याए एकसाथ तीन गीतकाे भिडियो

काठमाडौँ । डा. रुद्रनाथ अधिकारीले एकसाथ ३ गीतका म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा ‘अब अति भइसक्यो जागौं’ (राष्ट्र भक्ति गीत)’, ‘आमा’ (मातृ भक्ती गीत) र ‘आउन माया आउ मेरो हात समाउ’ (प्रेमिल गीत)का ३ भिडियोहरु रिलिज गरिएको हो ।
वरिष्ठ गीतकार राजेन्द्र थापा, गीतकार संघका पूर्वअध्यक्ष चुडामणि रेग्मी, गीतकार एसपी कोइराला, गीतकार एवम संविधानविद भीमार्जुन आचार्यले लगायतले गीत सामूहिक सार्वजनिक गरे । कार्यक्रममा अतिथिले अधिकारीले नेपाली गीत संगीतमा पुर्याएको योगदानको चर्चा गरे ।
अधिकारीका शब्द रहेको तीन गीतमा प्रमोद खरेल, निशान भट्टराई, स्वरुपराज आचार्य, दीपक लिम्बु, सदिक्षा कट्टेल, रोजिना बस्नेतलगायतको स्वर छ ।
गीतको भिडियो कृष्णदेव रुपाखेतीले निर्देशन गरेका हुन् । तीन भिडियो मध्य एक ‘अब अति भइसक्यो जागौं’ भिडियोमा शिल्पा पोखरेल र प्रभात पलको अभिनय छ । भिडियोमा डा.अधिकारी र उनकी धर्मपत्नी लक्ष्मी अधिकारीलाई पनि देख्न पाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पच्चीस चलचित्र निर्मातालाई सम्मान गरिने
-
वर्षायाममा पनि काठमाडौँमा मेलम्चीको पानी वितरण हुने
-
समाजवाद प्राप्त गर्न अझै वर्ग सङ्घर्ष आवश्यक : पूर्वउपराष्ट्रपति पुन
-
तीन दिनदेखि बेपत्ता पुरुषको शव फेला
-
१० बजे १० समाचार : रविमाथि प्रश्न उठेपछि छलफलमा रास्वपा, ‘अलविदा’ भन्दै सम्पर्कविहीन डाक्टर रिसोर्टमा भेटिए
-
मलामी गएका किशोरको डुबेर मृत्यु