म्याट रोस बने नेपाली राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षक, एन्फाले गर्यो एक वर्षको सम्झौता
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा अस्ट्रेलियाका म्याट रोस नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले लामो समयदेखि रिक्त रहेको उक्त पदमा उनलाई आइतबार नियुक्त गरेको हो ।
प्रमुख प्रशिक्षक म्याट रोससँग एक वर्षका लागि सम्झौता गरिएको एन्फाले आइतबार जनाएको छ । एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र म्याट रोसले आइतबार नै सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
म्याट रोसको प्रमुख प्रशिक्षकत्वमा राष्ट्रिय फुटबल टोलीले आगामी दिनमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास पनि एन्फाले व्यक्त गरेको छ ।
एन्फाले आइतबार नै प्रमुख प्रशिक्षक म्याट रोसलाई औपचारिक रुपमा सार्वजनिक गर्ने भएको छ । यसका लागि एन्फाले आइतबार अपराह्न १६ः०० बजे कार्यक्रमको आयोजना गरेको छ ।
एन्फाले सञ्चारकर्मीसँग मुख्य प्रशिक्षकको अन्तरक्रिया कार्यक्रम पनि राखेको छ । भिनसेन्जो अल्बर्टो एनेसको स्थानमा म्याट रोसलाई प्रमुख प्रशिक्षक बनाइएको हो ।
गत भदौमा एन्फाले एनेसको सम्झौता नविकरण नगरेपछि राष्ट्रिय टोली प्रमुख प्रशिक्षकविहीन थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण