सचिवालय बैठक
एमालेका जनसङ्गठनमा स्थायी कमिटी खारेज
आइतबार, १८ फागुन २०८१, १८ : ११
काठमाडौँ । नेकपा (एमाले) ले जनसङ्गठनहरूमा स्थायी कमिटी नराख्ने भएको छ । आइतबार बसेको सचिवालय बैठकले जनसङ्गठनहरूको केन्द्रीय कमिटी र सचिवालय मात्रै रहने निर्णय गरेको हो ।
सचिवालय बैठकपछि महासचिव शङ्कर पोखरेलले पार्टीका जनसङ्गठनमा स्थायी कमिटी नरहने निर्णय गरेको बताए । ‘जनसङ्गठनमा केन्द्रीय कमिटी, स्थायी कमिटी र सचिवालय रहने व्यवस्था थियो । अब स्थायी कमिटीको व्यवस्था अन्त्य गरेर केन्द्रीय कमिटी र सचिवालय मात्रै रहने निर्णय भएको छ’ पोखरेलले सचिवालयको निर्णय उद्धृत गर्दै जानकारी दिए ।
साथै उनले कमिटीहरूको सङ्ख्या घटाउने निर्णय भएको बताए । जनसङ्गठनले आफ्नो विधानबाट यो निर्णय कार्यान्वयन गर्ने पोखरेलको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण