वनमा दुई जना मृत फेला : प्रारम्भिक अनुसन्धानमा घटना शङ्कास्पद भेटिएन
धनगढी । धनगढी सामुदायिक वनमा मृत फेला परेका दुई जनाको घटना शङ्कास्पद नभेटिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दर्शन खड्काले सो कुरा बताएका हुन् ।
आइतबार बिहान धनगढी–उपमहानगरपालिका–९ गौरीकटानको सालघारी सामुदायीक वनमा अन्दाजी ५३ वर्षका कैदा राना र अन्दाजी ३५ वर्षका देवल चौधरी फरक–फरक तरिकाले मृत फेला परेका थिए। उनीहरू दुवै जना वडा नम्बर १० का स्थायी बासिन्दा हुन्।
देवल चौधरी जामुनको रूखमा साइकलमा सामान बाँध्ने डोरीले घाँटीमा पासो लगाई झुन्डिएको अवस्थामा मृत फेला परेका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धान उनले आफै आत्महत्या गरेको देखाएको हो।
उक्त ठाउँबाट २० मिटर टाढा कैदा राना भुईँमा पल्टेको अवस्था मृत फेला परेका थिए। उनले विष सेवन गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । कैदा र देवल शनिवार साँझदेखि घरबाट सम्पर्क विहीन बनेका थिए।
मृतक कैदाका दुई छोरा थिए। सात महिना अघि कान्छो छोरो बितेका थिए। उनी त्यही शोकमा थिए। देवलका भने छोराछोरी र श्रीमती सकुशल छन्। प्रारम्भिक अनुसन्धानले घटना शङ्कास्पद नभई आत्महत्या भएको प्रहरीले जनाएको छ। यद्यपि थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण