अवरुद्ध नाग्म–गमगढी सडक खुल्यो
मुगु । हिमपातका कारण अवरुद्ध नाग्म–गमगढी सडक तीन दिनपछि आज साँझदेखि पुनः सञ्चालन भएको छ ।
कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकको सातमोड, सिप्टिचौर र बुलबुले क्षेत्रमा बाक्लो हिउँ जम्दा सडक अवरुद्ध भएको थियो । अवरुद्ध सडकको हिउँ तथा झरेको पहिरो हटाउन शुक्रबारदेखि सडक डिभिजन कार्यालय जुम्ला र नेपाली सेना खटिएको थियो ।
सडक सञ्चालन भएपछि मुगुबाट अन्य जिल्ला जाने र मुगुतर्फ आउने मालबाहक तथा यात्रुबाहक सवारीसाधन आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् । रारा ताल घुम्न आएका पर्यटक सडक अवरुद्ध हुँदा तीन दिनदेखि बुलबुलेमा बास बसेका थिए ।
“अब सडक सञ्चालन भयो, रारा आउने पर्यटक, साना–ठूला सबै सवारीसाधन आ–आफ्नो गन्तव्यतिर लागेका छन्”, प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जानकारी दिए । भलभुले, सात मोड र जिअ भिड क्षेत्रमा चार किमी सडकको हिउँ र पहिरो हटाइएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्र चौधरीले बताए ।
कर्णाली राजमार्गको यही सडक भएर नेपालकै ठूलो ताल रारा ताल र प्रसिद्ध धार्मिकस्थलहरु छायाक्षेत्र, रिणिमोक्ष र थार्पमष्टा पुगिन्छ । नाग्म–गमगढी सडक स्तरोन्नति नहुँदा हिउँद र वर्खामा सधैँ अवरुद्ध हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी सरकारले ल्यायो ३७ अर्ब ३८ करोड ४५ लाखको बजेट
-
समाजसेवी र कलाकारलाई माईजोगमाई सेवा समाजको सम्मान
-
कर्णालीको उद्योग, पर्यटन मन्त्रालयका लागि २ अर्ब ४६ करोड विनियोजन : पर्यटन दशक घोषणा
-
बागमतीले ५४ करोड ४० लाख रुपैयाँले घटायो बजेट (पूर्णपाठ)
-
शिक्षकलाई अन्तरजिल्ला र स्थानीय तहमा सरुवा गरी पदपूर्ति नगर्ने विषय के हो ?
-
कर्णालीमा भौतिक पूर्वाधारको बजेट पनि घट्यो, १० अर्ब ९३ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण