अवरुद्ध नाग्म–गमगढी सडक खुल्यो

मुगु । हिमपातका कारण अवरुद्ध नाग्म–गमगढी सडक तीन दिनपछि आज साँझदेखि पुनः सञ्चालन भएको छ ।
कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकको सातमोड, सिप्टिचौर र बुलबुले क्षेत्रमा बाक्लो हिउँ जम्दा सडक अवरुद्ध भएको थियो । अवरुद्ध सडकको हिउँ तथा झरेको पहिरो हटाउन शुक्रबारदेखि सडक डिभिजन कार्यालय जुम्ला र नेपाली सेना खटिएको थियो ।
सडक सञ्चालन भएपछि मुगुबाट अन्य जिल्ला जाने र मुगुतर्फ आउने मालबाहक तथा यात्रुबाहक सवारीसाधन आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् । रारा ताल घुम्न आएका पर्यटक सडक अवरुद्ध हुँदा तीन दिनदेखि बुलबुलेमा बास बसेका थिए ।
“अब सडक सञ्चालन भयो, रारा आउने पर्यटक, साना–ठूला सबै सवारीसाधन आ–आफ्नो गन्तव्यतिर लागेका छन्”, प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जानकारी दिए । भलभुले, सात मोड र जिअ भिड क्षेत्रमा चार किमी सडकको हिउँ र पहिरो हटाइएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्र चौधरीले बताए ।
कर्णाली राजमार्गको यही सडक भएर नेपालकै ठूलो ताल रारा ताल र प्रसिद्ध धार्मिकस्थलहरु छायाक्षेत्र, रिणिमोक्ष र थार्पमष्टा पुगिन्छ । नाग्म–गमगढी सडक स्तरोन्नति नहुँदा हिउँद र वर्खामा सधैँ अवरुद्ध हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले नेतृत्वको सामर्थ्यमा प्रश्न छैन तर कार्यकर्तामा उत्साहको कमी देखिन्छ : उपाध्यक्ष पौडेल
-
रातोपाटी खुलामञ्च
-
मजस्तो फिरन्ते मान्छेसँग भेट्न प्रधानमन्त्रीलाई केको डर ?
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो सुन बरामद
-
सर्लाहीमा साढे ४२ लाखको भन्सार छलीका सामानसहित ट्रक नियन्त्रणमा
-
गण्डकी प्रेदशसभा : आजदेखि बजेटमा छलफल