सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशको बजेट भाषणमा ढिलाइ
निर्धारित समयभन्दा एक घण्टा बित्नै लाग्दा पनि सुरु भएन बैठक
सोमबार, ०१ असार २०८३, १८ : ०९
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्न ढिलाइ गरेको छ। प्रदेश सभाको बैठक आज अपराह्न ५ बजेकाका लागि तय गरिए पनि निर्धारित समयभन्दा एक घण्टा ढिला हुन लाग्दा समेत अझै बैठक सुरु हुन सकेको छैन।
प्रदेश सरकारले हरेक वर्ष बजेट ल्याउँदा समयको पालना नगर्ने र ढिलो गर्ने परिपाटीलाई यस वर्ष पनि निरन्तरता दिएको भन्दै आलोचना सुरु भएको छ । ५ बज्नै लाग्दा पनि बैठक सुरु नभएको हो।
प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटको आकार केही वृद्धि गर्ने तयारी गरेको छ। चालु आर्थिक वर्ष २०८२/८३ मा प्रदेश सरकारले ३१ अर्ब ६२ करोड ९८ लाख रुपैयाँको बजेट ल्याएको थियो।
यस पटक सोही अनुपातमा वा केही बढाएर बजेट ल्याउने गृहकार्य भएको मन्त्रालय स्रोतले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
जलजलाको लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
अव्यवस्थित सार्वजनिक संरचनाका कारण व्यक्तिले क्षति बेहोर्नुपरे क्षतिपूर्ति दिलाउन सर्वोच्चको आदेश
-
तीन मौसमी वायुको प्रभाव : आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
साउदी अरब र उरुग्वेबिच बराबरी: अराउजोले टारे उरुग्वेको संकट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण