सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

बागमतीमा खानेपानी र सिँचाइ मन्त्रालयका लागि ८ अर्ब ९० करोड रुपैयाँ बजेट

सोमबार, ०१ असार २०८३, १७ : ५३
सोमबार, ०१ असार २०८३

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षमा खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयका लागि ८ अर्ब ९० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार उक्त बजेटले अध्ययनबाट सम्भव देखिएका ६० वटा सिँचाइ, याङ्ग्री लार्के इन्द्रावती तथा हेलम्ब मेलम्ची तटबन्ध, पाटी चौर बहुउद्देश्यीय ताल र हिले जलजले बहुउद्देश्यीय ताल निर्माण कार्य सुरु गर्न ४६ करोड रुपैयाँ विनियोजन गरेको बताए ।

प्रदेशका विभिन्न ५७ खानेपानी तथा सरसफाइका आयोजना, सम्भाव्यता अध्ययनबाट उचित देखिएका आयोजनाका लागि ८० करोड रुपैयाँ विनियोजन गरिएको उनले बताए । 

प्रदेशका प्रशासकीय भवन, नारायणी लिफ्ट तथा स्यालो डिप ट्युवेलहरुमा सौर्य ऊर्जा जडान गर्न ११ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप