इलामको माइजोगमाईमा 'रैथाने गाथा', विभिन्न व्यक्ति सम्मानित
काठमाडौँ । इलामको माइजोगमाई गाउँपालिकामा 'माइजोगमाई रैथाने गाथा' कार्यक्रम गरिएको छ । माइजोगमाई सेवा समाजले स्थानीय कला-संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो ।
औपचारिक कार्यक्रमअघि राई, लिम्बू, बाहुन, गुरुङ, शेर्पा, लेप्चा लगायत विभिन्न जातीय समुदायले परम्परागत सांस्कृतिक झाँकीसहित नयाँ बजार परिक्रमा गरेको समाजका अध्यक्ष महेश आचार्यले जानकारी दिए । कार्यक्रममा रैथाने सांस्कृतिक नृत्यहरू प्रस्तुत गरिनुका साथै 'माइजोगमाई रैथाने साहित्य तथा संस्कृति बहस' समेत सञ्चालन गरिएको थियो । पत्रकार प्रेम अधिकारीले सहजीकरण गरेको उक्त बहसमा संस्कृतिविद् युद्धप्रसाद वैद्य, साहित्यकार दिवाकर भण्डारी, गाउँपालिका अध्यक्ष कुशबहादुर थेवे र उपाध्यक्ष प्रविना राई वक्ताका रूपमा थिए ।
सोही अवसरमा आ-आफ्नो क्षेत्रबाट विशेष योगदान पुर्याउने विभिन्न विशिष्ट व्यक्तित्वहरूलाई 'माइजोगमाई गौरव सम्मान' प्रदान गरियो । सम्मानित हुनेहरूमा मोहनसिंह थेबे, फुटी शेर्पा, इन्द्र गुरुङ, प्रा. डा. भीम सुवेदी, कोमल निरौला, कृष्ण भट्टराई, दिवाकर भण्डारी, डा. तारानाथ पोखरेल, वीरबहादुर राई र पिताम्बर अधिकारी छन् ।

यसैगरी, कला क्षेत्रमा सक्रिय रङ्गकर्मी स्मृति प्रधान र बाँसुरी वादक देव निरौलालाई 'माइजोगमाई प्रतिभा सम्मान' तथा सांस्कृतिक टोलीहरूलाई 'माइजोगमाई संस्कृति सम्मान' प्रदान गरियो । शैक्षिक क्षेत्रतर्फ उत्कृष्ट नतिजा ल्याई गाउँको पहिचान बढाउने छात्राद्वय प्रेहिमा भण्डारी र अचिश्मा लिम्बूलाई प्रमाणपत्र र प्रोत्साहन पुरस्कारसहित सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यरात ११ः३० बजे सुदूरपश्चिमको बजेट सार्वजनिक हुँदै
-
केप भर्डेका रक्षापंक्ति र गोलरक्षकको उत्कृष्ट बचाउ, पहिलो हाफमा स्पेनबाट निस्किएन गोल
-
सुदूरपश्चिममा मध्यरातमा जुट्यो बजेटमा सहमति
-
मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती
-
आवासीय चिकित्सकलाई अत्यधिक समय कार्य नगराउन निर्देशन
-
पेट्रोलको मूल्य स्थिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण