सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशमा स्थानीय तहका लागि ५ अर्ब ५२ करोड विनियोजन

सोमबार, ०१ असार २०८३, १८ : ०४
सोमबार, ०१ असार २०८३

सारांश

  • लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि स्थानीय तहमा हस्तान्तरण हुने गरी कुल ५ अर्ब ५२ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ।
  • प्रदेश सरकारले स्थानीय तहलाई अझ सशक्त र सक्षम बनाउन विभिन्न शीर्षकमा अनुदान तथा राजस्व बाँडफाँटको व्यवस्था गरेको छ।
  • स्थानीय तह सशक्तीकरणका लागि १ अर्ब ४१ करोड १२ लाख ५० हजार रुपैयाँ, राजस्व बाँडफाँटमार्फत १ अर्ब ४५ करोड रुपैयाँ, समपूरक अनुदान ५८ करोड ४० लाख रुपैयाँ, लक्षित वर्ष विशेष कार्यक्रम २० करोड रुपैयाँ र सशर्त अनुदान ९६ करोड रुपैयाँ विनियोजित गरिएको छ।

बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि स्थानीय तहमा हस्तान्तरण हुने गरी कुल ५ अर्ब ५२ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सभामा बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन् ।

प्रदेश सरकारले स्थानीय तहलाई अझ सशक्त र सक्षम बनाउन विभिन्न शीर्षकमा अनुदान तथा राजस्व बाँडफाँटको व्यवस्था गरेको जनाएको छ।

स्थानीय तह सशक्तीकरणका लागि विनियोजन १ अर्ब ४१ करोड १२ लाख ५० हजार रुपैयाँ , राजस्व बाँडफाँटमार्फत हस्तान्तरण हुने अनुमानित रकम १ अर्ब ४५ करोड रुपैयाँ, समपूरक अनुदान  ५८ करोड ४० लाख रुपैयाँ, लक्षित वर्ष विशेष कार्यक्रम  २० करोड रुपैयाँका लागि सशर्त अनुदान समानिकरण०  ९६ करोड रुपैयाँ विनियोजित  गरेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप