मुख्यमन्त्रीको निर्देशन अटेर गर्ने सिभिल अस्पताल चन्द्रपुरका सञ्चालक पक्राउ
सोमबार, १९ फागुन २०८१, १० : ३९
रौतहट । मधेस प्रदेशका मुख्यमन्त्री सतीश सिंहको निर्देशन अटेर गर्ने सिभिल अस्पताल चन्द्रपुरका सञ्चालक पक्राउ परेका छन् ।
निर्देशन विपरीत अस्पताल सञ्चालन गरेका सञ्चालक मध्यका राजन साहलाई आज बिहान इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले पक्राउ गरेको हो।
गत शनिबार साँझ मुख्यमन्त्री सिंहले अस्पताल अनुगमनको क्रममा उक्त अस्पताल मापदण्ड विपरीत दर्ता समेत नरहेको पाइएपछि अस्पताल बन्द गर्ने निर्देशनसहित लिखित पत्र थमाएका थिए ।
सम्पूर्ण प्रक्रिया पूरा गरेर मात्र अस्पताल सञ्चालन गर्न मुख्य मन्त्री सिंहले दिएको निर्देशन विपरीत आज अस्पताल सञ्चालन गरेको जानकारी आउनासाथ सञ्चालक साहलाई पक्राउ गरिएको डिएसपी राजकुमार राईले बताए ।
हाल उनी इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको डिएसपी राईले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकद्वारा निष्क्रिय खाता कार्ययोजना बनाई न्यूनीकरण गर्न निर्देशन
-
घर-घर लिपस्टिक बेच्ने केटो कसरी बने बलिउडका ‘सर्किट’ ?
-
त्रिभुवन विमानस्थलमा निर्माण आयोजनाको लापरबाहीले उडान सुरक्षामाथि खतरा
-
अर्को आगो नबलोस्
-
मिसन– २०२६ का खेलाडी र प्रशिक्षकलाई खेल पोसाक वितरण
-
बालेन सरकारको कामप्रति ‘कमन जेन–जी नेपाल’ को असन्तुष्टि, आन्दोलनको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण