ब्राजिलियन डीजे एलोक एलओडीमा आउँदै
काठमाडौँ । ब्राजिलियन डीजे एलोकले एलओडी क्लबमा आफ्नो साङ्गीतिक प्रस्तुति दिने भएका छन् । शुक्रवार अर्थात् मार्च ७ मा ठमेलस्थित एलओडी क्लबमा उनले आफ्नो प्रस्तुति दिने भएका हुन् ।
उनी विश्वकै उत्कृष्ट डिजे र्याङ्किको चौथो नम्बरमा परेका कलाकार हुन् । विश्वभरमा सय जना उत्कृष्ट डिजे रहने गरेका छन् । सोही दिनको क्लबले २ हजार र ३ हजार रुपैयाँ टिकट राखिएको क्लबका निर्देशक भुपेन कुँवरले जानकारी दिए ।
उनका अनुसार दर्शकले खल्ती एपबाट टिकट खरिद गर्न सक्ने छन् । डान्स फ्लोरको २ हजार र भीआइपीको ३ हजार रुपैयाँ राखिएको छ। क्लबले अर्ली अग्रिम टिकट बिक्री भइसकेको छ ।
क्लबले सोही दिन विभिन्न प्याकेजमा टेबल बिक्री गर्ने भएको छ । टेबल प्याकेज ३० हजारदेखि डेढ लाख रुपैयाँसम्मको मूल्य तय गरेको छ । यसअघि पनि एलओडीमा बलिउडका नेहा कक्कर, अर्मान मल्लिक र इन्डियन आइडल पवनदीप लगायतका कलाकारले प्रस्तुति दिइसका छन् । त्यसैगरी टिम्मी ट्रम्पेट, टोपीक, स्टेबीन बेन, ज्योतिका टंगारी लगायतका कलाकारले समेत प्रस्तुति दिइसकेका छन् ।
एलओडी क्लब ‘लर्ड अफ द ड्रिंक्स’ विश्वकै उत्कृष्ट क्लबमध्ये ४९,५२ र ५० औँ स्थानमा परिसकेको क्लब हो । युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२४ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी क्लबले ५० औँ स्थानमा राखेको हो । सन् २०२५ को लागि क्लब नोमिनेसनमा परिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार माझी पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण