ठुला दल भिडेर मुलुकको उन्नति हुँदैन : पूर्वराजदुत आचार्य
काठमाडौँ । पूर्वराजदूत नीलाम्बर आचार्यले नेपाल बनाउन देशका प्रमुख शक्तिहरू एक ठाउँमा हुन जरुरी रहेको बताएका छन् ।
सोमबार ‘केपी शर्मा ओली: सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले समृद्ध नेपालको चाहाना पुरा गर्न पुरै देशलाई जोड्नुपर्ने र त्यसका लागि मुलुकका प्रमुख शक्ति मिल्नुको विकल्प नभएको बताए । दुई ठुला दल आपसमा भिडेर कहिल्यै मुलुकको उन्नति नहुने आचार्यको भनाइ छ ।
‘कम्तीमा एकदुई टर्ममा कांग्रेस र एमाले सहकार्य गर्नुपर्छ र सँगसँगै अघि बढ्दा मात्र समृद्ध नेपाल सुखी नेपालीको सपना पुरा गर्न सकिन्छ’, उनले भने, ‘संयोगले अहिले दुई ठुला दल कांग्रेस र एमालेको गठबन्धन भएको भन्दै दुवै पार्टीको उद्देश्य देशलाई एउटा लिकमा हिँडाउन सफल हुनसक्छ ।’
केपी ओली समृद्ध नेपाल सुखी नेपालीको अवधारणकार, सपनाकार र योजनाकार रहेको आचार्यको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण