आन्दोलनमा उत्रिएका ग्यास उद्योगीलाई मन्त्रालयले बोलायो छलफलमा
काठमाडौँ । सरकारले माग सम्बोधन नगरेको भन्दै आन्दोलनमा उत्रिएका ग्यास उद्योगीसँग उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले छलफलका लागि बोलाएको छ । आइतबार विभिन्न माग गर्दै आन्दोलनमा उत्रिएका उद्योगीहरूका समस्या सम्बोधनका लागि मन्त्रालयमा छलफलका लागि बोलाइएको नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।
‘हिजो पनि छलफल भएको थियो । ग्यास उद्योगीका माग सम्बोधन गर्नका लागि आज पनि छलफल छ,’उनले भने,‘अत्यावश्यक वस्तु आयात तथा बिक्री ठप्प पार्न पाइँदैन । ग्यास बिक्री रोकिँदैन । उद्योगीका समस्या चाडै समाधान गर्छौँ ।’
यसअघि आन्दोलनरत उद्योगीलाई गत माघ ३० गते मन्त्रालयमा बोलाएर छलफल गरिएको थियो । मन्त्रालय, नेपाल आयल निगम, वाणिज्य विभागका पदाधिकारीसहितको छलफलमा उद्योगीका जायज माग पुरा गर्ने सहमति भएसँगै उद्योगीले आन्दोलन स्थगित गरेका थिए । तर फेरि माग सम्बोधन नभएको भन्दै आइतबारदेखि उद्योगी आन्दोलनमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँच शताब्दी पुरानो गुम्बा जीर्णोद्धार
-
मलाई प्यारो छ मेरो जन्मभूमि
-
गलत तरिकाले खुसीयाली मनाउँदा अप्ठ्यारोमा परे कोलकाताका बलर वरुण चक्रवर्ती
-
‘ऊनको स्वीटर’ र ‘जार’को अग्रिम बुकिङ खुला, कसको कति शो ?
-
कोलम्बिया विश्वविद्यालयबाट प्यालेस्टाइन समर्थक प्रदर्शनकारीहरू पक्राउ
-
पुस्तक मेला गर्दै नेपालय, अफरमा पुस्तकमा छुटदेखि लेखकसँग भेटघाटसम्म