आन्दोलनमा उत्रिएका ग्यास उद्योगीलाई मन्त्रालयले बोलायो छलफलमा
काठमाडौँ । सरकारले माग सम्बोधन नगरेको भन्दै आन्दोलनमा उत्रिएका ग्यास उद्योगीसँग उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले छलफलका लागि बोलाएको छ । आइतबार विभिन्न माग गर्दै आन्दोलनमा उत्रिएका उद्योगीहरूका समस्या सम्बोधनका लागि मन्त्रालयमा छलफलका लागि बोलाइएको नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।
‘हिजो पनि छलफल भएको थियो । ग्यास उद्योगीका माग सम्बोधन गर्नका लागि आज पनि छलफल छ,’उनले भने,‘अत्यावश्यक वस्तु आयात तथा बिक्री ठप्प पार्न पाइँदैन । ग्यास बिक्री रोकिँदैन । उद्योगीका समस्या चाडै समाधान गर्छौँ ।’
यसअघि आन्दोलनरत उद्योगीलाई गत माघ ३० गते मन्त्रालयमा बोलाएर छलफल गरिएको थियो । मन्त्रालय, नेपाल आयल निगम, वाणिज्य विभागका पदाधिकारीसहितको छलफलमा उद्योगीका जायज माग पुरा गर्ने सहमति भएसँगै उद्योगीले आन्दोलन स्थगित गरेका थिए । तर फेरि माग सम्बोधन नभएको भन्दै आइतबारदेखि उद्योगी आन्दोलनमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण