बीआरआईबाट नेपालमा विकास र रोजगारीको वातावरण सृजना हुन्छ : कोइराला
बेइजिङ । नेपाली कांग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री एवम् पराराष्टमन्त्री सुजाता कोइरालाले चीनले दिने बीआरआई परियोजनाले नेपालको विकास र रोजगारीको वातावरण सृजना हुने बताएकी छन् । सोमबार बेइजिङस्थित रेनमेन युनिभर्सिटीमा बीआरआइका विज्ञ प्राध्यापकसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै कोइरालाले सो कुरा बताएकी हुन् ।
नेतृ कोइरालाले बीआरआई अनुदानमा नभई ऋणमै लिए पनि उपयुक्त हुने बताइन् । अनुदान भए लिने तर ऋण नलिने कांग्रेसको धारणा छ नि भन्ने पत्रकारको प्रश्नमा कोइरालाले यो परियोजनाका विषयमा पहिला नै हस्ताक्षर भइसकेकोले कार्यान्वयनमा जानुपर्ने बताइन् ।
उनले नेपाली किसान र कृषि उत्पादनलाई प्रोत्साहन गर्न पनि चीन सरकारलाई नेपालमा लगानी गर्न आग्रह गरिन् । कोइरालाले नेपालमा धेरैले बीआरआई बुझेर पनि नबुझे जस्तो गरेको उनको भनाई थियो ।
कार्यक्रममा युनिभर्सिटीका विज्ञ प्राध्यापक छिय लुले बीआरआई नेपाल र चीनकै हितमा भएको र दुवै देशले फाइदा लिन सकिने बताए । प्राध्यापक लुले बीआरआई परियोजना विश्वका १५२ देशहरूमा चलिरहेको र नेपालले यसमा शंका गर्नुपर्ने कुनै ठाउँ नभएको समेत बताए ।
चिनियाँ प्रतिनिधिहरूले कोइरालालाई नेपालबाट अमेरिकी परियोजनाहरू फिर्ता भएको र यसले नेपालीहरूलाई धेरै घाटा भएकाले कसरी सहयोग गर्न सकिन्छ भन्ने चासो राखेको भ्रमण दलका सदस्य समेत रहेका पत्रकार गोकर्णप्रसाद भण्डारीले जानकारी दिए ।
कार्यक्रममा बीआरआईबारे नेपाल र नेपाली बुझाई कम भएकाले यसलाई बुझ्न सकिने माध्यम वा विधि प्रयोग गर्न समेत आग्रह गरिएको थियो । अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेसका नेता देवराज चालिसे र दोलखाका पार्टी सभापति बर्मा लामा लगायतले धारणा राखेका थिए ।
करिब एक हप्तादेखि नेतृ कोइरालाको नेतृत्वको कांग्रेस प्रतिनिधि मण्डल चीन भ्रमणमा रहेको छ । सो टोली बुधबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण