'जुन देश गरिब हुन्छ त्यस देशका नेताहरू सजिलै बिक्री हुन्छन्'
मङ्गलबार, २० फागुन २०८१, ०९ : ०८
सुर्खेत। नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोलाले जुन देश गरिब हुन्छ त्यस देशका नेताहरू सजिलै बिक्री हुने बताएका छन्। मंगलबार बिहान सुर्खेतमा पत्रकार सम्मेलन गर्दै उनले अहिलेको अवस्थामा कुनैपनि दलका नेताहरूले करोड खर्च नगरी चुनाव जित्न सक्ने अवस्था नरहेको बताए ।
'त्यसरी चुनाव जितेको नेताले गर्ने भ्रष्टाचार नै हो, भ्रष्टाचार, लुटपाट गर्ने काम अहिलेका नेताहरूबाट भइरहेको छ,' उनले भने, 'त्यो राजनीतिक अस्थिरताका कारण हो । अहिले देश व्यापारीको हातमा छ।'
त्यसैले अहिले हुने गरेको चुनाव नै खारेज गरिनुपर्ने उनको तर्क छ । माओवादीले परिवर्तनको आन्दोलनलाई भ्रष्टीकरणतर्फ उन्मुख बनाएको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण