सेयर बजार
नेप्से ३० अंकले घट्यो, कारोबार झण्डै १३ अर्ब
मङ्गलबार, २० फागुन २०८१, १५ : २१
काठमाडौँ । सेयर बजार परिसूचक नेप्से झण्डै ३० अंकले घटेको छ । साताको तेस्रो दिन परिसूचक ३०.३६ अंकले घटेर २८४६.३० अंकमा झरेको हो ।
बजारमा आज १२ अर्ब ९४ करोड बराबरको कारोबार भयो । घट्दो बजारमा आज १९८ कम्पनीको मूल्य घटेको छ । ४१ कम्पनीको मूल्य बढ्दा ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।
बजारमा आज सबै उपसमूहका सूचक घट्दा सबैभन्दा धेरै गिरावट फाइनान्स र उत्पादनमूलक समूहमा रहेको छ । ती समूहको सूचक २ प्रतिशत बढीले घटेका छन् ।
बजारमा आज पनि गार्डियन माइक्रो लाइफको सेयर १० प्रतिशतले बढ्यो । सिन्धु विकास बैंकको शेयर १० प्रतिशतले घटेको छ ।
कारोबारका आधारमा आज पनि हिमालयन रिइन्योरेन्स अगाडि रह्यो । उक्त कम्पनी एक्लैको अर्ब बढीको कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम बंगालमा बुलेट ट्रेन परियोजना घोषणा
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
-
एकै दिन तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
-
भारतबाट थप ४ हजार भाइल ‘ कार्बोप्लाटिन’ औषधि आइपुग्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण