ज्यान मुद्दामा कैद सजाय ठहर भएका दम्पती २४ वर्षपछि पक्राउ
मङ्गलबार, २० फागुन २०८१, १८ : ३१
काठमाडौँ । ज्यान मुद्दामा २० वर्ष कैद सजाय हुने ठहर भएका दम्पतीलाई प्रहरीले कपिलवस्तुबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको राप्ती गाउँपालिका घर भएर कपिलवस्तुको शिवराज नगरपालिका बस्दै आएका जित बहादुर दमाई र नमी दमिनी छन् ।
दाङको इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । जिल्ला अदालत दाङले उनीहरु विरुद्ध २०५७ असोजमा २० वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।
फैसलासँगै फरार भएका उनीहरु कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर–१ मा लुकेर बसेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय भालुवाङका इन्स्पेक्टर अमर बहादुर माझीले रातोपाटीलाई बताए । दाङ जिल्ला अदालतको आदेशले उनीहरूलाई कारागार चलान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकद्वारा निष्क्रिय खाता कार्ययोजना बनाई न्यूनीकरण गर्न निर्देशन
-
घर-घर लिपस्टिक बेच्ने केटो कसरी बने बलिउडका ‘सर्किट’ ?
-
त्रिभुवन विमानस्थलमा निर्माण आयोजनाको लापरबाहीले उडान सुरक्षामाथि खतरा
-
अर्को आगो नबलोस्
-
मिसन– २०२६ का खेलाडी र प्रशिक्षकलाई खेल पोसाक वितरण
-
बालेन सरकारको कामप्रति ‘कमन जेन–जी नेपाल’ को असन्तुष्टि, आन्दोलनको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण