बाघको आक्रमणबाट कसरी जोगिने ?
काठमाडौँ । पछिल्लो समय बाघको आक्रमणबाट ज्यान गुमाएका सङ्ख्या बढ्दो छ । सन् २०१८ मा २ सय ३५ वटा बाघ थिए ।
चार वर्षमा १ सय २० वटा बाघ थपिएका छन् । सन् २०२२ यता देशभर बाघको सङ्ख्या ३ सय ५५ रहेका सरकारी तथ्याङ्क छ । यिनै बाघले मान्छेमाथि आक्रमण गरी ज्यान लिने गरेका छन् । नेपालमा बाघ तराई भूपरिधिमा रहेका पाँच वटा निकुञ्ज र त्यसको मध्यवर्ती क्षेत्र, जैविक मार्ग र वन क्षेत्रमा पाइन्छन् । चितवन, पर्सा, बर्दिया, बाँके, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र यसका मध्यवर्ती क्षेत्र एवं वन क्षेत्र नेपालमा तराई भूपरिधिभित्र पर्छ ।
यो बाघको मुख्य वासस्थान पनि हो । यहाँका बासिन्दा र यहाँ जाने पर्यटकले बाघको आक्रमणबाट जोगिने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सुझाव:
- जंगलमा जाँदा चम्किलो कपडा नलगाउने,
- जंगल वा जंगल छेउछाउ हुँदा कान र आँखा चनाखो राख्ने,
- बाघको चिन्न, पिसाब र गन्ध याद गर्ने,
- बाघ देखिएमा नजिक नजाने र नजिस्काउने,
- बाघको प्रजनन समय र वसन्त ऋतुमा जंगल नजाने,
- बाघ देखि हालेमा सम्भावना भएमा २० देखि २५ फिट अग्लो रुखमा चढ्ने
- बाघसँग जाम्का भेट भइहालेमा बाँघसँग टक्क आँखा जुधाएर पछाडि सर्दै सुरक्षित स्थानमा जाने,
- यदि समूहगत रूपमा बाघसँग जम्का भेट भएको छ भने, हल्ला नगर्ने, पानीमा हाम नफाल्ने किनकि बाघ पानीमा तैरिन सक्छ ।
- बाघले पशुवस्तुमाथि आक्रमण गरेको छ भने, खोस्न नजाने,
- बाघले आक्रमण गरेमा नजिकैको वन कार्यालय वा वन्यजन्तु आरक्षण कार्यालयमा जानकारी गराउने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण