क्रिप्टोकरेन्सी कारोबारमा संलग्न व्यक्ति सशस्त्र र नेपाल प्रहरीबाटै लुटिए
काठमाडौँ । क्रिप्टोकरेन्सी कारोबारमा संलग्न एक व्यक्ति नेपाल प्रहरी र सशस्त्र प्रहरीमा कार्यरत व्यक्तिहरुबाटै लुटिएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँले क्रिप्टो कारोबारी र ती कारोबारीलाई लुटपाटमा संलग्न सशस्त्र प्रहरीमा कार्यरत एक जना र नेपाल प्रहरीमा कार्यरत दुई जनासहित ६ जनालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी विश्वराज अधिकारीले क्रिप्टो कारोबारी धादिङका रोशन गुरुङलाई लुटपाट गरेको आरोपमा ६ जनालाई पक्राउ गरिएको मंगलबार राति रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेमा सशस्त्र प्रहरी सहायक हवल्दार राजेन्द्र बहादुर केसी तथा नेपाल प्रहरीका सहायक हवल्दार खगेन्द्र मल्ल ठकुरी र प्रहरी जवान हिरा मंग्राती रहेका छन् । यस्तै खोटाङका कपिल बस्नेत, सुनसरीका संजोक तामाङ र मोरङका मनिस कुमार राय पनि पक्राउ परेका छन् ।
उनीहरु सोमबार नै राजधानीका विभिन्न स्थानबाट पक्राउ परेको र मंगलबार जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद थप लिएर थप अनुसन्धान भइरहेको छ ।
प्रहरीका अनुसार राजधानीको तिलिङ्गेटारमा क्रिप्टोको अवैध कारोवार भईरहेको सूचनाका आधारमा पुगेर प्रहरी टोलीले रोशन गुरुङलाई पक्राउ गरेको थियो । सो क्रममा उनले आफ्नो साथमा रहेको नगद चौध लाख रुपैयाँ प्रहरीको परिचयपत्र तथा हतकडी समेत देखाई लुटिएको बताएका थिए । त्यसपछि अनुसन्धान गर्दै जाँदा सशस्त्र प्रहरी बल नेपालमा कार्यरत १ जना र नेपाल प्रहरीका कर्मचारीहरु २ जना सहित ६ जनालाई पक्राउ गर्न सकिएको अधिकारीले बताए ।
साथै प्रारम्भिक अनुसन्धानको क्रममा क्रिप्टो कारोबारमा संलग्न रोशन गुरुङले एक अर्व सतासी करोड सात लाख तेह्र हजार १ सय बैसठ्ठी रुपयाँ बराबरको अवैध कारोबार गरेको देखिएको प्रहरीले जनाएको छ । निजलाई पनि अभौतिक मुद्रा सम्बन्धी कसुर अन्तर्गत 'मुद्दा दर्ता गरी जिल्ला अदालतबाट ५ दिनको म्याद लिइ अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
-
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरण छानबिन गर्न समिति गठन
-
रास्वपाद्वारा लुम्बिनीका ९१ स्थानीय तहमा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशनको पनि तीव्र तयारी
-
नयाँ दल बनाउन कस्सिए धवलशमशेर र दुर्गा प्रसाईँ, राप्रपालाई धक्का !
-
प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न आ–आफ्नो बानी बदलौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण