खैरो हेरोइन किनबेच गरेको आरोपमा कलंकीबाट ४ जना पक्राउ
बुधबार, २१ फागुन २०८१, ०७ : ५९
काठमाडौँ । खैरो हेरोइन किनबेच गरेको आरोपमा सशस्त्र प्रहरीले काठमाडौँको कलंकीबाट ४ जनालाई पक्राउ गरेको छ । आरोपीहरूको साथबाट ३४ ग्राम खैरो हेरोइन बरामद गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा धादिङ घर भएका २२ वर्ष र २७ वर्षका युवा, नुवाकोट घर भएका २७ वर्षीय युवक र काठमाडौँ घर भएका ३७ वर्षका पुरुष छन् । उनीहरू सवार बा १५ च १७७३ नम्बरको क्रेटा गाडी र ८४५९ नम्बरको मोटरसाइकल पनि सशस्त्रले बरामद गरेको छ ।
दुईजना आरोपी क्रेटा गाडीमा र दुईजना मोटरसाइकलमा सवार थिए । सशस्त्र प्रहरीको इन्टेलीजेन्स ब्युरोले पक्राउ गरेर उनीहरूलाई स्थानीय प्रहरीको जिम्मा लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण