ट्रम्पको 'गाजा योजना' को विकल्पमा ५३ अर्ब डलरको छुट्टै ‘अरब योजना’ घोषणा
गाजा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको 'गाजा योजना' को विकल्पको रूपमा अरब नेताहरूले ५३ अर्ब डलरको छुट्टै ‘अरब योजना’ अनुमोदन गरेका छन्।
ट्रम्पले गाजाको पुनर्निर्माणका लागि गाजाको नियन्त्रण लिने र लगभग २० लाख प्यालेस्टिनीहरूलाई निष्कासन गर्ने योजना प्रस्तुत गरेका थिए।
ट्रम्पको यो योजनालाई अरब देशहरूले पूर्ण रूपमा अस्वीकार गरेका छन्। यद्यपि, अरब योजना घोषणा गर्दा अरब लिगका महासचिव अहमद अबुल घैतले राष्ट्रपति ट्रम्पको योजनाको उल्लेख गरेनन्। उनले स्वैच्छिक वा जबरजस्ती सबै प्रकारका विस्थापनलाई अस्वीकार गर्ने अरब अडान दोहोर्याए।
इजिप्टले हरियाली क्षेत्र र ठुला सार्वजनिक भवनहरू समावेश गर्ने ९१ पृष्ठको विस्तृत योजना पेस गरेको छ। अमेरिकाले गाजालाई 'मध्य पूर्वको रिभिएरा' अर्थात् मध्य पूर्वको सबैभन्दा सुन्दर ठाउँ बनाउने कुरा गरेको थियो । यस प्रस्तावले सम्पूर्ण अरब जगत र विश्वलाई चकित पारेको थियो।
संयुक्त राष्ट्रसंघको अनुमान अनुसार लगभग डेढ वर्षसम्म चलेको हमास-इजरायल युद्धमा गाजा पट्टीका ९० प्रतिशत घर, भवन र सार्वजनिक स्थानहरू ध्वस्त भएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण