संसदमा माओवादीको प्रश्न : कुलमानलाई किन शून्य अङ्क ?
काठमाडौँ । नेकपा माओवादी केन्द्रले नेपाल विद्युत् प्राधिकरणलाई नाफामा लैजाने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे बारम्बार स्पष्टीकरण किन सोधिएको हो भनेर सरकारको जवाफ माग गरेको छ ।
बुधवार बसेको प्रतिनिधि सभा बैठकमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले घिसिङबारे सरकारको कार्यशैली ठिक नभएको भन्दै रुलिङको माग गरे ।
‘कुलमान घिसिङलाई निरन्तर स्पष्टीकरण सोध्ने र कार्यसम्पादनमा शून्य अङ्क दिने कुरा के हो ?’, पाण्डेले भने, ‘जसले राम्रो काम गरेको छ । विद्युत् प्राधिकरणलाई नाफामा लगिरहेको छ । यो कुरा के हो ?’ आजको बैठकमा विभिन्न पाँच अध्यादेश निर्णयार्थ पेस हुने कार्यसूची छ । सरकारले माघ १८ गते पेस गरेको ६ मध्ये पाँच अध्यादेश आज निर्णयार्थ पेस गर्न लागिएको हो । पेस भएकामध्ये भूमि अध्यादेश भने थाती राखेर अन्य अध्यादेश पेस गर्न लागिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण