प्रतिनिधिसभा बैठक
कुलमान हटाए सडक र सदन चर्काउने शाहीको चेतावनी
बुधबार, २१ फागुन २०८१, १३ : ३९
१
काठमाडौँ । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले जबरजस्ती हटाए सडक र सदनबाट आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहीले विधिको शासन सत्तारुढ दल र सरकारबाटै उल्लङ्घन हुने गरेको बताए । उनले अँध्यारो नेपालबाट उज्यालो नेपाल बनाउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने र शून्य अङ्क दिएर षड्यन्त्र गरिएको बताए ।
उनले भने, ‘कुलमानलाई हटाउने जुन प्रपञ्च गरिँदैछ र मन्त्रिपरिषद्ले निर्णय हुँदैछ भन्ने सुन्नमा आएको छ । यदि कुलमानलाई हटाइयो भने,नेपाललाई अन्धकारमा धकेलेको भनेर सडक र सदन दुवैबाट आवाज उठ्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मर्यादित महिनावारीसम्बन्धी लुम्बिनी प्रदेशसभा संसदहरुसँग छलफल
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण