तमन्ना र विजयको भएको हो ‘ब्रेक अप’ ?
नयाँदिल्ली । भारतीय अभिनेत्री तमन्ना भाटिया र अभिनेता विजय वर्माको जोडीलाई फ्यानहरूले निकै माया गर्दै आएका थिए । उनीहरूको बन्डिङ र सम्बन्ध देखेर धेरैले डाढ पनि गर्थे ।
दुवैले छिट्टै बिहे गर्न लागेको अफवाह हालैका महिनामा चर्किएको पनि थियो । तर यसैबिच जोडीबारे नरमाइलो खबर आएको छ । पिंकभिलाको रिपोर्ट अनुसार दुवैले आफ्नो प्रेम सम्बन्ध अन्त्य गर्ने निर्णय गरेका छन् ।
दुवैले पारस्परिक सम्मान र सौहार्दपूर्ण सम्बन्धलाई निरन्तरता दिने भएपछि उनीहरूको सम्बन्ध अब ‘रोमान्टिक’ भने रहने छैन । ‘तमन्ना भाटिया र विजय बर्माले केही हप्ताअघि आफ्नो सम्बन्ध अन्त्य गरेका छन् ।
जोडी नजिक रहेको स्रोतलाई उद्धृत गर्दै पिंकभिलाले भनेको छ । तर दुवै एक अर्काको असल मित्र रहने अनि दुवैले आ–आफ्नो पेसागत प्रतिबद्धतामा बढी ध्यान दिने पनि स्रोतले बताएको छ ।
दुईको ब्रेक अप किन भयो भन्ने कारण खुल्न सकेको छैन । ब्रेक अपबारे तमन्ना र विजय दुवैले केही पनि भनेका छन् ।
दुवैले इन्ष्टाग्रामबाट एक अर्काको फोटो डिलिट गरेपछि ब्रेक अपको हल्ला चर्किएको थियो । अन्य सामाजिक सञ्जालमा भने दुवैले एक अर्कासँगको फोटो मेटेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण