तमन्ना र विजयको भएको हो ‘ब्रेक अप’ ?

नयाँदिल्ली । भारतीय अभिनेत्री तमन्ना भाटिया र अभिनेता विजय वर्माको जोडीलाई फ्यानहरूले निकै माया गर्दै आएका थिए । उनीहरूको बन्डिङ र सम्बन्ध देखेर धेरैले डाढ पनि गर्थे ।
दुवैले छिट्टै बिहे गर्न लागेको अफवाह हालैका महिनामा चर्किएको पनि थियो । तर यसैबिच जोडीबारे नरमाइलो खबर आएको छ । पिंकभिलाको रिपोर्ट अनुसार दुवैले आफ्नो प्रेम सम्बन्ध अन्त्य गर्ने निर्णय गरेका छन् ।
दुवैले पारस्परिक सम्मान र सौहार्दपूर्ण सम्बन्धलाई निरन्तरता दिने भएपछि उनीहरूको सम्बन्ध अब ‘रोमान्टिक’ भने रहने छैन । ‘तमन्ना भाटिया र विजय बर्माले केही हप्ताअघि आफ्नो सम्बन्ध अन्त्य गरेका छन् ।
जोडी नजिक रहेको स्रोतलाई उद्धृत गर्दै पिंकभिलाले भनेको छ । तर दुवै एक अर्काको असल मित्र रहने अनि दुवैले आ–आफ्नो पेसागत प्रतिबद्धतामा बढी ध्यान दिने पनि स्रोतले बताएको छ ।
दुईको ब्रेक अप किन भयो भन्ने कारण खुल्न सकेको छैन । ब्रेक अपबारे तमन्ना र विजय दुवैले केही पनि भनेका छन् ।
दुवैले इन्ष्टाग्रामबाट एक अर्काको फोटो डिलिट गरेपछि ब्रेक अपको हल्ला चर्किएको थियो । अन्य सामाजिक सञ्जालमा भने दुवैले एक अर्कासँगको फोटो मेटेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा आजदेखि ‘सगरमाथा संवाद’, १७५ विदेशी पाहुना नेपालमा
-
कति पुग्यो डलरको मूल्य ? के छ विदेशी मुद्राको दरभाउ ?
-
साउदीमा कामविहीन भएका नेपाली श्रमिकलाई स्वदेश फर्काउने पहल सुरू
-
बार्सिलोनालाई २८ औं ला लिगा उपाधि, ‘बच्चा’ टोलीले गर्यो चमत्कार
-
उपाधि छिनोफानोको मुखैमा नराम्ररी हार्यो एटलेटिको मड्रिड
-
सरकारले सगरमाथा दिवस साताव्यापी कार्यक्रम गरेर भव्य रूपमा मनाउने