तेस्रो दिन पनि घट्यो नेप्से, १० अर्ब ९७ करोड बराबरको कारोबार
काठमाडौँ । सेयर बजार परिसूचक (नेप्से) आज पनि घटेको छ । सोमबारदेखि घट्न थालेको नेप्से आज पनि २५.१६ अंकले घटेको हो । योसँगै बजार परिसूचक २८२१.१३ विन्दुमा ओर्लिएको छ । आज बजारमा १० अर्ब ९७ करोड रुपैयाँ बराबरको कारोबार भयो ।
सोमबारभन्दा अगाडि नेप्से १० दिनसम्म लगातार बढेको थियो । पछिल्लो पटक गत बुधवार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि उच्च दरमा बढेको नेप्सेले यो अवधिमा २१२ अंकले बढेको थियो । यो वृद्धिले लामो समयदेखि साइडवेजमा चलेको बजारमा बुलिस ट्रेन्डको संकेत देखिएको थियो । तर, पछिल्लो तीन दिनमा बजार ६८ अंकले करेक्सन भएसँगै बजार साइडबेजको अवस्थाबाट उठ्न नसकेको देखिएको छ ।
आज बजारमा ६२ कम्पनीको मूल्य बढेको छ । १७४ कम्पनीको मूल्य घटेको छ भने बाँकी ८ कम्पनीको मूल्य स्थिर रहेको छ । बजारमा आज समाज लघुवित्त र गार्डियन लाइफ इन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट ब्रेकर लागेको छ । ग्रिन डेभलपमेन्ट बैंकको सेयर सबैभन्दा धेरैले घटेको छ ।
बजारमा आज ट्रेडिङ बाहेक सबै उपसमूह घटेको छ । घटेका उपसमूहको गिरावट २ प्रतिशत भन्दा कम नै देखिन्छ । कारोबार रकमका आधारमा आज पनि हिमालयन रि-इन्स्योरेन्स र नेपाल पुनर्बीमा कम्पनी अगाडि छन् । आज पनि दुवै कम्पनीको कारोबार रकम ९० करोड भन्दा माथि रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण