विमानमा यात्रुको दुर्गन्धले बेहास भए अन्य यात्रु, गर्नुपर्यो आपत्कालीन अवतरण
विमानमा रहेका एक व्यक्तिबाट आएको दुर्गन्धका कारण मे २९ तारिखमा स्पेन जाँदै गरेको नेदरल्याण्डको ट्रान्साभिया एयरलाइन्सको विमानले पोर्चुगलमा आपतकालीन ल्याण्डिङ गर्नुपर्यो । उक्त पुरुष यात्रुबाट कथित रुपमा यति धेरै गन्ध आइरहेको थियो कि विमानमा भएका अन्य केही यात्री बेहोस भए र केहीले बान्ता गर्न थाले । विमानले नेदरल्याण्डको स्किपल एयरपोर्टबाट उडान भरेको थियो ।
एक बेल्जियन यात्रु पिट भान हाउटलाई उद्धृत गर्दै फक्स न्यूजले बतायो, ‘ती व्यक्तिबाट यस्तो दुर्गन्ध आइरहेको थियो कि जुन हप्तौंसम्म ननुहाएका कारण आउने गर्छ । विमानभरी दुर्गन्ध फैलिएका कारण केही यात्रु बिरामी भए, कतिले बान्ता गरे । ’
फक्स न्यूजका अनुसार विमानका चालक दलले ती व्यक्तिलाई बाथरुममा बन्द गर्ने कोसिस गरेपछि पाइलटले विमानको बाटो बदलेका थिए । विमानलाई पोर्चुगलको फारोमा अवतरण गराइयो र ती व्यक्तिलाई बोइंग ७३७ बाट निकालेर एक बसमा स्वास्थ्यकर्मीसँग पठाइयो ।
ट्रान्साभिया एयरलाइन्सले केही मेडिकल कारण देखाउँदै विमानले आकस्मिक अवतरण गर्नुपरेको स्विकारेको छ । यद्यपी, ती व्यक्तिलाई केही स्वास्थ्य समस्या थियो/थिएन भन्ने बारे केही स्पष्ट जानकारी सार्वजनिक छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
-
पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता
-
‘परम्परागत गृह प्रशासनलाई डिजिटल रुपान्तरण गर्ने बजेटको लक्ष्य’
-
विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी
-
विश्वकपमा केही खेलाडीको जर्सीमा देखिने विशेष प्याच के हुन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण