आलेमगरको टिप्पणी : एउटा अध्यादेशको निधन भएछ !
बिहीबार, २२ फागुन २०८१, १५ : ०७

काठमाडौँ । राष्ट्रियसभाका सांसद सुरेशकुमार आलेमगरले ६ वटामध्ये एउटा अध्यादेशको मृत्यु भएको भन्दै पाँच वटा पानी जहाजबाट पौडिएर संसद्मा आइपुगेको टिप्पणी गरेका छन् ।
बिहीबार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८१ माथिको छलफलका क्रममा आलेमगरले सरकारले ल्याएका अध्यादेशमध्ये एउटा भूमिसम्बन्धी अध्यादेशको निधन भएको टिप्पणी गरेका हुन् ।
उनले भने, ‘एउटाको त निधन भएछ नै अरू पाँच वटा पौडिएर बौरिएर यहाँसम्म आएछन् । भूमिसुधार सम्बन्धी अध्यादेशको निधन भयो । हामी प्रतिपक्षलाई त सुखद नै छ । तर सत्तापक्षलाई दुःखद होला ।’
उनले सरकारले ल्याएकामध्ये एउटा अध्यादेश फिर्ता लिएको हो भने सोही कारण सरकार मोरल क्राइससमा परेकाले अब सरकारले राजीनामा दिन्छ कि दिँदै भन्दै प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादी आन्दोलनबारे अन्तर्राष्ट्रिय प्रजातन्त्र संघले के भन्यो ?
-
डाइभर्सन बगाउँदा कान्ति लोकपथ अवरुद्ध
-
प्रभु साहको प्रश्न– ‘मानव तस्करी घटनामा प्रधानमन्त्री किन मौन ?’
-
भोजपुरी भाषा सिकाउँदै वीरगञ्ज महानगर
-
किर्ते मुद्दामा दुहुँ गाउँपालिकाका लेखापाल प्रहरीको नियन्त्रणमा
-
माओवादी नेताहरुद्वारा सहिद तथा बेपत्ताजनका परिवारसँग भेटघाट