आलेमगरको टिप्पणी : एउटा अध्यादेशको निधन भएछ !
बिहीबार, २२ फागुन २०८१, १५ : ०७
काठमाडौँ । राष्ट्रियसभाका सांसद सुरेशकुमार आलेमगरले ६ वटामध्ये एउटा अध्यादेशको मृत्यु भएको भन्दै पाँच वटा पानी जहाजबाट पौडिएर संसद्मा आइपुगेको टिप्पणी गरेका छन् ।
बिहीबार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८१ माथिको छलफलका क्रममा आलेमगरले सरकारले ल्याएका अध्यादेशमध्ये एउटा भूमिसम्बन्धी अध्यादेशको निधन भएको टिप्पणी गरेका हुन् ।
उनले भने, ‘एउटाको त निधन भएछ नै अरू पाँच वटा पौडिएर बौरिएर यहाँसम्म आएछन् । भूमिसुधार सम्बन्धी अध्यादेशको निधन भयो । हामी प्रतिपक्षलाई त सुखद नै छ । तर सत्तापक्षलाई दुःखद होला ।’
उनले सरकारले ल्याएकामध्ये एउटा अध्यादेश फिर्ता लिएको हो भने सोही कारण सरकार मोरल क्राइससमा परेकाले अब सरकारले राजीनामा दिन्छ कि दिँदै भन्दै प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण