फिफाको महिला वरीयतामा नेपालको चार स्थान सुधार
शुक्रबार, २३ फागुन २०८१, १६ : ५०

काठमाडौँ । विश्व फुटबल महासङ्घ (फिफा) द्वारा घोषित महिला टोलीको पछिल्लो वरीयतामा नेपालले चार स्थान सुधार गरेको छ । अघिल्लो वरीयताको तुलनामा नेपाल चार स्थान माथि उक्लिएको हो ।
पछिल्लो फिफा वरीयतामा नेपाल ९९औँ स्थानमा छ । यसअघिको वरीयतामा नेपाल १०३ औँ स्थानमा रहेको थियो । पछिल्लो फिफा वरीयतामा पनि अमेरिका पहिलो स्थानमा यथावत् छ । स्पेन दोस्रो र जर्मनी तेस्रो वरीयतामा यथावत् छन् ।
इङ्गल्यान्ड पनि चौथो वरीयतामा यथावत् छ । जापान भने तीन वरीयता सुधार गर्दै पाँचौँ स्थानमा उक्लिएको छ । छैटौँ स्थानमा आसिन स्विडेन, सातौँ स्थानमा आसिन क्यानडा र आठौँ स्थानमा आसिन ब्राजिल भने एक–एक वरीयता तल खस्किएका छन् । एसियामा जापान (पाँचौँ वरीयता) सबैभन्दा अगाडि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण
-
१ सय दिनभित्र नतिजा प्रकाशन गर्नुपर्नेमा ४ सय दिनसम्म लगाउँछ त्रिवि