फिफाको महिला वरीयतामा नेपालको चार स्थान सुधार
शुक्रबार, २३ फागुन २०८१, १६ : ५०
काठमाडौँ । विश्व फुटबल महासङ्घ (फिफा) द्वारा घोषित महिला टोलीको पछिल्लो वरीयतामा नेपालले चार स्थान सुधार गरेको छ । अघिल्लो वरीयताको तुलनामा नेपाल चार स्थान माथि उक्लिएको हो ।
पछिल्लो फिफा वरीयतामा नेपाल ९९औँ स्थानमा छ । यसअघिको वरीयतामा नेपाल १०३ औँ स्थानमा रहेको थियो । पछिल्लो फिफा वरीयतामा पनि अमेरिका पहिलो स्थानमा यथावत् छ । स्पेन दोस्रो र जर्मनी तेस्रो वरीयतामा यथावत् छन् ।
इङ्गल्यान्ड पनि चौथो वरीयतामा यथावत् छ । जापान भने तीन वरीयता सुधार गर्दै पाँचौँ स्थानमा उक्लिएको छ । छैटौँ स्थानमा आसिन स्विडेन, सातौँ स्थानमा आसिन क्यानडा र आठौँ स्थानमा आसिन ब्राजिल भने एक–एक वरीयता तल खस्किएका छन् । एसियामा जापान (पाँचौँ वरीयता) सबैभन्दा अगाडि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री श्रेष्ठ र प्रचण्डबिच भेटवार्ता
-
कांग्रेसमा सुधारको प्रयास भएको छ : घिमिरे
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण