प्रेस स्वतन्त्रतामा गम्भीर बन्न पत्रकार महासंघ मकवानपुरको माग
मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुरले पूर्ण प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनका गम्भीर बन्न माग गरेको छ । महासंघ मकवानपुरले ८ बुँदे घोषणा पत्र जारी गर्दै पत्रकारिताको संस्थागत विकास र पत्रकारहरूको सुरक्षाको प्रत्याभूतिका लागि सरोकारवाला निकायको ध्यानाकर्षण समेत गरेको हो ।
महासंघ मकवानपुरको फागुन २२ र २३ गते ईन्द्रसरोवर गाउँपालिका–१ स्थित सिम्लाङमा बसेको बैठकले श्रमजीवी पत्रकार तथा नागरिक समाजको अग्रणी संस्था भएले अभिव्यक्ति स्वतन्त्रता माथिको हस्तक्षेपको विरोध गर्ने जनाएको छ । महासंघ पत्रकारिता क्षेत्रमा हुने विकृति र विसंगतिलाई निर्मूल पार्न प्रतिबद्ध रहेको र सकारात्मक पत्रकारिताको माध्यमबाट समाजलाई जागृत गर्ने कार्यमा लाग्न सबै पत्रकारहरूलाई आग्रह समेत गरेको छ ।
साना लगानीमा सञ्चालित स्वरोजगारमूलक तथा महिला नेतृत्वको सञ्चार माध्यमको दिगो र भरपर्दो विकासका लागि विशेष ध्यान दिन समेत महासंघले स्थानीय तथा प्रदेश सरकारलाई आग्रह गरेको छ । संघ, प्रदेश र स्थानीय सरकारलाई समानुपातिक विज्ञापन नीति लागु गर्नुका साथै स्थानीय विज्ञापन स्थानीय सञ्चार माध्यमलाई उपलब्ध गराउनुपर्ने बाध्यकारी व्यवस्था गर्न सरकारसँग माग गर्ने महासंघ मकवानपुरले माग गरेको छ ।
त्यसैगरी पत्रकारहरूको क्षमता अभिवृद्धिमूलक रचनात्मक नीति तथा कार्यक्रम ल्याउने र क्षमता अभिवृद्धिका कार्यक्रमहरूलाई अझ व्यवस्थित ढंगले सञ्चालन गर्न प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण समेत गराएको छ । पत्रकारिता विषयमा उच्च शिक्षा अध्ययन गर्न चाहने पत्रकारहरूका लागि छात्रवृत्तिको व्यवस्था गर्न स्थानीय तह र बागमती प्रदेश सरकारसँग पनि महासंघ मकवानपुरले माग गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण