यस्तो छ फिल्म ‘बलिदान’को नयाँ पोस्टर

काठमाडौँ । फिल्म ‘बलिदान’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सन्तोष सेन निर्देशित फिल्मको पोष्टरमा नव–अभिनेत्री कविता रायलाई प्रस्तुत गरिएको छ । फिल्ममा उनी ‘किरण’ पात्रको भूमिकामा देखिने छन् ।
पोस्टरमा ’किरण’ पात्र एक हिंसात्मक र संघर्षपूर्ण अवस्थामा देखिन्छिन् । उनको अनुहार र हातमा रगत लागेको छ । हातमा बन्दुकको ब्यारेल समातेको देखिन्छ, जसले प्रतिरोध र बदला लिने भाव प्रकट गरेको छ । उनको एक आँखा मात्र स्पष्ट देखिने गरी फ्रेम गरिएको छ । समग्रमा पोस्टरले एक महिला पात्रको संघर्ष, हिंसा, प्रतिरोध र बलिदानको कथा भन्न खोजेको स्पष्ट छ ।
‘बलिदान’ मा राज्यको मूलधारबाट किनारिएको एउटा वर्ग र त्यो वर्गको वस्तुस्थिति काल्पनिक रूपमा तर नेपालको यथार्थसँग मेल खाने किसिमले तयार पारेको निर्देशक सेनले बताए ।
सोही वर्गलाई प्रतिनिधित्व गर्ने महिला प्रमुख कलाकारको आवश्यकतालाई मध्यनजर गरी अडिसनमार्फत कविता रायलाई छनोट गरिएको थियो ।
फिल्ममा अभिनेता समीर भट्ट मुख्य भूमिकामा छन् । साथै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मालगायतका कलाकारको अभिनय रहेको छ । फिल्म आसुसेन फिल्म्स प्रालीको प्रस्तुति हो । फिल्मका निर्माता पवन ब्राडफोर्ड विस्ट हुन् भने प्रेम पुरी कार्यकारी निर्माताको रूपमा संलग्न छन् । फिल्म दसैँको फूलपातीदेखि प्रदर्शन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पप गायिका टेलर स्विफ्टप्रति ट्रम्प किन आक्रोशित ?
-
सगरमाथा संवाद २०२५ सम्पन्न : २५ बुँदे घोषणापत्र जारी
-
अस्कल क्याम्पस वरिपरि आपत्तिजनक सामग्रीको विज्ञापन गर्न नपाइने
-
पेसीको जानकारी पत्रमा रवि र छविको हस्ताक्षर नभएपछि सुनुवाइ स्थगित
-
वाणिज्य विभागले गरिरहेको अनुगमनप्रति निजी विद्यालयहरूको आपत्ति
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी