लैङ्गिक समानताको लागि प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री आचार्य
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लैङ्गिक समानतायुक्त प्रदेश बनाउने लक्ष्यसहित सरकार अघि बढिरहेको बताएका छन् । ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस (आठ मार्च) को अवसरमा शुभकामना व्यक्त गर्दै उनले लैङ्गिक समानता नीति निर्माण तथा कार्यान्वयनमार्फत प्रदेश सरकारले प्रभावकारी भूमिका निर्वाह गरिरहेको उल्लेख गरे ।
उनले शिक्षा, स्वास्थ्य, रोजगारी, निर्णय प्रक्रिया, राजनीति जस्ता राज्यका हरेक क्षेत्रमा महिलाको समान पहुँच सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । प्रदेश सरकारको तर्फबाट लैङ्गिक समानता नीति, २०८० बनाएर कार्यान्वयनमा ल्याएको बताउँदै उनले महिला, बालबालिका तथा लैङ्गिक अल्पसंख्यकहरूको विकास, संरक्षण र सशक्तीकरणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको उल्लेख गरे ।
मुख्यमन्त्री आचार्यले आधारभूत तहसम्म लैङ्गिक समानतासँग जोडिएका अभियान तथा कार्यक्रमहरू पुर्याउनुपर्नेमा जोड दिए । उनले लैङ्गिक समानतायुक्त प्रदेश निर्माणका लागि क्रियाशील सम्पूर्ण सरकारी तथा गैरसरकारी संघसंस्था एवम् अधिकारकर्मीहरूलाई थप ऊर्जा र उत्साहका साथ कार्य गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार माझी पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण