नेपाली अभिनेताको ब्रिटिस फिल्म ‘कामा’ बेलायत र आयरल्याण्डमा प्रदर्शन
काठमाडौँ । नेपाली अभिनेता टङ्क धमालाले अभिनय गरेको ब्रिटिस फिल्म ‘कामा’ बेलायत र आयरल्याण्डका हलहरुमा मार्च ७ देखि प्रदर्शन भइरहेको छ । ब्रिटिस विज्ञापन तथा फिल्म ‘डेन्जरस गेम’ मा समेत अभिनय गरिसकेका अभिनेता धमालाको फिल्ममा मुख्य भूमिका रहेको छ ।
विश्वासघात र बदलाका लागि मान्छे कुन हदसम्म पुग्न सक्छ भन्ने देखाइएको फिल्म ‘कामा’मा उनले हलिउड कलाकार म्याट वेकफोर्डनट, जेमिमा टोम्स, मिया बेनेट, साउथ इन्डियन अभिनेत्री पूजा गुप्ताका साथमा स्क्रीन सेयर गरेका छन् ।
फिल्ममा उनको आर्मीको भूमिका रहेको छ । जो युद्धबाट फर्किएर घर आइपुग्दा आफ्नी श्रीमतीको मृत्युको खबर थाहा पाउँछन् । त्यसपछि आउने घटनाक्रमले थ्रिलर फिल्मका दर्शकलाई भरपुर मनोरञ्जन दिने अभिनेता धमालाले बताए ।

‘यो फिल्ममा मैले आर्मीको भूमिकाका लागि शारीरिक रूपमा फिट गर्नेदेखि प्राविधिक पक्षलाई पनि ध्यान दिएर तयारी गरेँ । आर्मीले सोच्ने तरिका, शारीरिक हाउभाउ, उसको मानसिकतालाई ग्रहण गर्नका लागि मैले प्रशिक्षण लिएर आफ्नो पात्रलाई तयार गरेको थिएँ’, उनले भने ।
अभिनेता धमालाले बलिउडको ब्लकबष्टर फिल्म ‘एनिमल’, नेपाली फिल्म ‘सरौतो’ मा समेत अभिनय गरेका थिए ।
इटलीमा सम्पन्न ‘मिलान इन्टरनेशनल फिल्म फेस्टिभल’ मा भएको ‘कामा’ को प्रदर्शनीमा टङ्कले सर्वोत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए । सार्वजनिक प्रदर्शन अगाडि आयोजित प्राइभेट स्क्रीनिङमा समीक्षकले उनले निर्वाह गरेको भूमिकाको प्रसंसा समेत गरेका थिए । यस्तै,‘म्याड्रिड इन्टरनेशनल फिल्म फेस्टिभल २०२४’ मा सर्वोत्कृष्ट अभिनेतासहित अन्य अवार्ड जितेको फिल्म ‘कामा’ले बेलायत र आयरल्याण्डका हलमा समेत राम्रो प्रतिक्रिया पाइरहेको छ ।
ब्रिटिस मोडल एवं एक्टर एजेन्सी लङफोर्ड एसोसियटसँग आबद्ध भएर काम गरिरहेका अभिनेता धमालाले केही नयाँ प्रोजेक्टको तयारी गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडकः १४ किमी कालोपत्र
-
नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा
-
काभ्रेपलान्चोकमा ब्राउन सुगरसहित पाँच जना पक्राउ
-
के चीनले विद्युतीय सवारीसाधनमा झैँ रोबोट्याक्सीमा पनि विश्वबजार कब्जा गर्ला ?
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण