‘ज्वाइँ साब’ भारतमा प्रदर्शन
काठमाडौँ । चलचित्र ‘ज्वाइँ साब’ भारतका विभिन्न हलमा प्रदर्शन भइरहेको छ । नेपालमा गत दसैँमा रिलिज भएको चलचित्र अहिले भारतमा प्रदर्शन गरिएको हो ।
चलचित्र भारतको डेनजोङ सिनेमा सिक्किम, द फेन्टासी सिनेमा वेस्ट बंगाल, विराज सिनेमा सिक्किम, एसभीएफ सिनेमा दार्जिलिङ, सविन किङडम सिलगुडी, ड्रिम थिएटर कालिङपोङ र इम्पेरियल थिएटर निामची सिक्किममा ‘ज्वाइँ साब’ प्रदर्शन भएको निर्देशन वसन्त निरौलाले जानकारी दिए ।
‘नेपालीभाषी रहेका ठाउँमा ‘ज्वाइँ साब’ रिलिज भएको हो’, निरौलाले थपे ‘दिल्ली, सुरत, मुम्बई, अहमदाबाद, हैदराबाद, देहरादुन, मोहली, चण्डीगढ, चेन्नेइ र गोवाहटीमा पनि फिल्म रिलिजको प्रयास भैरहेको छ ।’
चलचित्रमा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउत लगायतका कलाकारको अभिनय छ ।
रेड आइ फिल्मसको व्यानरमा निर्मित र समिर पण्डित, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको चलचित्रमा विजय बस्याल कार्यकारी निर्माता, शंकर धितालको लेखन, सबिन अधिकारीको कथा, श्याम तामाङको छायांकन, संजय थापाको एक्सन, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनको ‘ब्रेकविहीन’ शासनको मोहले दम्भपूर्ण नेतृत्वतर्फ सङ्केत गर्दैछ
-
धरान औद्योगिक क्षेत्रमा पाँच नयाँ उद्योग थपिए
-
सुशासनमा बालेन सरकारका सय दिन
-
भेरी करिडोर : पुल र सडक कहिले होलान् पूरा ?
-
पर्वतको महाशिला: इतिहास र भूगोलको कुरा
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण