डोटीमा माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु
आइतबार, २५ फागुन २०८१, १६ : ५०
डोटी । डोटीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । आइतबार शिखर नगरपालिका –७ बयरकोट बस्ने अन्दाजी ६० वर्षीय मन्धरी बलायरको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार स्थानीय रानीवनमा घर पोत्नको लागी रातो माटो खन्ने क्रममा माथिबाट माटोको ढिस्को खस्न गई पुरिँदा उनको मृत्यु भएको जनाइएको छ। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण