मानव बेचबिखनको ५ वटा मुद्दामा फरार आरोपीको भारतमा घरजम, ६ वर्षपछि पक्राउ
काठमाडौँ । मानव बेचबिखनसम्बन्धी ५ वटा मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको तुल्सीपुर उपमहानगरपालिका–१ घर भएका कमल कुमार न्यौपाने छन् ।
मानव बेचबिखन विरुद्धको कसुरमा मुद्दा दर्ता भएको ६ वर्षपछि उनी पक्राउ परेका हुन् । न्यौपानेलाई फागुन २४ मा नेपाल भारत सिमानाको गड्डाचौकीबाट पक्राउ गरिएको मानव बेचबिखन ब्यूरोका एसपी नरेन्द्र कुँवरले रातोपाटीलाई बताए ।
उनले ६ पुरुष र २ जना महिलालाई भारत र दुबईमा लगेर बन्धक बनाएर बेचबिखन समेत गरेको आरोप छ । २०७६ असोजदेखि उनीविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान सुरु गरेपछि उनी फरार थिए । पछिल्लो समय उनीमाथि मानव बेचबिखन ब्यूरोले अनुसन्धान गरिरहेको थियो ।
नेपाली महिला पुरुषलाई दुबई र भारतमा लगेर बन्धक बनाएको आरोप लागेका न्यौपाने भारतमा लुकेर बसेका थिए । उनले चण्डीगढमा घर बनाएर परिवारसँग बस्ने गरेको अनुसन्धानमा संलग्न ब्यूरोका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
पीडितहरूमध्ये केहीलाई उनले सुरुमा दुबई लगेर बन्धक बनाउने र त्यसपछि भारतमा लगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । एसपी कुँवर भन्छन्, ‘दुवईबाट भारतमा ल्याएर पनि बन्धक बनाएको पाइएको छ ।’
भारतमा बाहिर निस्कन नदिइकन आरोपीले पीडितहरूलाई बायोमेट्रिक गर्ने बहानामा सादा कागजमा हस्ताक्षर गराउने गरेको पीडितहरूले प्रहरीलाई बताएका छन् । उनकै गिरोहमा आबद्ध दाङ घर भएका पीताम्बर कँडेल फरार छन् । उनी लागुऔषध मुद्दामा भारतको जेलमा रहेको अनुसन्धान अधिकृतहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण