मानव बेचबिखनको ५ वटा मुद्दामा फरार आरोपीको भारतमा घरजम, ६ वर्षपछि पक्राउ

काठमाडौँ । मानव बेचबिखनसम्बन्धी ५ वटा मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको तुल्सीपुर उपमहानगरपालिका–१ घर भएका कमल कुमार न्यौपाने छन् ।
मानव बेचबिखन विरुद्धको कसुरमा मुद्दा दर्ता भएको ६ वर्षपछि उनी पक्राउ परेका हुन् । न्यौपानेलाई फागुन २४ मा नेपाल भारत सिमानाको गड्डाचौकीबाट पक्राउ गरिएको मानव बेचबिखन ब्यूरोका एसपी नरेन्द्र कुँवरले रातोपाटीलाई बताए ।
उनले ६ पुरुष र २ जना महिलालाई भारत र दुबईमा लगेर बन्धक बनाएर बेचबिखन समेत गरेको आरोप छ । २०७६ असोजदेखि उनीविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान सुरु गरेपछि उनी फरार थिए । पछिल्लो समय उनीमाथि मानव बेचबिखन ब्यूरोले अनुसन्धान गरिरहेको थियो ।
नेपाली महिला पुरुषलाई दुबई र भारतमा लगेर बन्धक बनाएको आरोप लागेका न्यौपाने भारतमा लुकेर बसेका थिए । उनले चण्डीगढमा घर बनाएर परिवारसँग बस्ने गरेको अनुसन्धानमा संलग्न ब्यूरोका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
पीडितहरूमध्ये केहीलाई उनले सुरुमा दुबई लगेर बन्धक बनाउने र त्यसपछि भारतमा लगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । एसपी कुँवर भन्छन्, ‘दुवईबाट भारतमा ल्याएर पनि बन्धक बनाएको पाइएको छ ।’
भारतमा बाहिर निस्कन नदिइकन आरोपीले पीडितहरूलाई बायोमेट्रिक गर्ने बहानामा सादा कागजमा हस्ताक्षर गराउने गरेको पीडितहरूले प्रहरीलाई बताएका छन् । उनकै गिरोहमा आबद्ध दाङ घर भएका पीताम्बर कँडेल फरार छन् । उनी लागुऔषध मुद्दामा भारतको जेलमा रहेको अनुसन्धान अधिकृतहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
काभ्रे बहुमुखी क्याम्पसमा नेविसंघ नेतृत्वको प्यानल नै विजयी
-
प्रमाणसहित आरोप पुष्टि गर्न सीके राउतलाई कोषाध्यक्षको चुनौती
-
नौ महिना अन्तरिक्षमा अड्किएका सुनिता र बुच अन्ततः पृथ्वी फर्किए
-
हेटौँडा क्याम्पसको स्ववियु सभापतिमा पुन मैनाली निर्वाचित
-
रोकियो प्लाइउड निर्यात, कस्तो पहल गरिरहेको छ वाणिज्य मन्त्रालय ?