ज्ञानेन्द्र शाहको स्वागतमा गरिएको प्रदर्शन फिल्म ‘माग्ने राजा’ मा राखिने
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा आइतबार भएको राजवादीको प्रदर्शन फिल्मको पर्दामा समेत राखिने भएको छ । फिल्म ‘माग्ने राजा’ले फिल्मका लागि विमानस्थलदेखि महाराजगञ्जसम्मको दृश्य क्यामेरा कैद गरेको हो ।
एयरपोर्ट, गौशाला, चाबहिल, गोपिकृष्ण हल हुँदै महाराजगञ्जसम्मको पूर्वराजाको स्वागत र जुलुसको दृश्य खिच्न फिल्मका ७ जना क्यामेराम्यान खटिएका थिए । निर्देशक ऋषि लामिछानेले स्वागत गर्न पुगेको भीडलाई ड्रोन लगायतका क्यामेराको मद्दतमा खिचिएको बताए । उनले त्यसका लागि स्वीकृति समेत लिएको बताए ।
एयरपोर्टमा २, गौशालामा २, चावेलमा २, गोपिकृष्ण हलदेखि महाराजगन्ज चोकसम्म एक क्यामेराले दृश्य खिचिएको लामिछानेले जानकारी दिए।
‘फिल्मको लागि आवश्यक भएर खिचेका हौँ । यो हामीका लागि मौका पनि हो,’लामिछानेले भने, ‘नेपालको झण्डा भएका दृश्य मात्र खिचेका छौ ।’ खिचिएका दृश्य फिल्मको २ देखि ३ मिनेटसम्म प्रयोग हुने उनले बताए ।
केही समयदेखि फिल्म ‘माग्ने राजा’ छायाङ्कन भइरहेको छ । गाउँको २५ प्रतिशत छायाङ्कन सकिएको छ र बाँकी दोस्रो चरणको छायाङ्कन दुई दिनपछि सुरु हुनेछ ।
फिल्ममा शीर्ष पात्र केदार घिमिरे ‘माग्ने राजा’को भूमिकामा छन् । मुनाल घिमिरेको निर्माण रहेको फिल्ममा वर्षा सिवाकोटी, आर्यन सिग्देल लगायतको पनि अभिनय रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडकः १४ किमी कालोपत्र
-
नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा
-
काभ्रेपलान्चोकमा ब्राउन सुगरसहित पाँच जना पक्राउ
-
के चीनले विद्युतीय सवारीसाधनमा झैँ रोबोट्याक्सीमा पनि विश्वबजार कब्जा गर्ला ?
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण