मेचीनगर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा
झापा । काँकडभिट्टामा जारी पाँचौँ मेचीनगर गोल्डकपअन्तर्गत आज भएको खेलमा झापा एफसीलाई ‘सडनडेथ’मा हराउँदै चर्च ब्वाइज युनाइटेड विजयी भएको छ । जितसँगै चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश गरेको छ ।
निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णयका लागि ‘टाइब्रेकर’ मा खेल धकेलिएको थियो । टाइब्रेकरमा ४–४ गोलको बराबरी भएपछि सडनडेथमार्फत खेलको निर्णय भएको थियो ।
टाइब्रेकरमा चर्च ब्वाइजका राजेश परियार, जय गुरुङ, एकराज बुढाथोकी र रिचार्ड विल्सनले गोल गरेका थिए । झापा एफसीका तर्फबाट रोशन पहारी, प्रवीन बस्नेत, बाफोर र गौरव धिमालले गोल गरेका थिए ।
यसअघि खेलको ६९औँ मिनेटमा चर्च ब्वाइजका लागि विदेशी खेलाडी रिचार्डले गोल गरेका थिए । खेलको ९० औँ मिनेटमा झापा एफसीका श्याम मुर्मुले गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए ।
खेलको ‘प्लेयर अफ दी म्याच’ चर्च ब्वाइजका गोलरक्षक टिकेन्द्र थापा भए । उनले रु ११ हजार पुरस्कार प्राप्त गरे । सोमबार धरान एफसी र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबीच खेल हुनेछ ।
प्रतियोगिताको विजेता टोलीले रु १० लाख तथा उपविजेता टोलीले रु पाँच लाख र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा नेपालका ६ सहित भारत र उज्वेकिस्तानको टोली सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण