केबलकार निर्माणको विवादकाबीच धमाधम शौचालय निर्माण
फुङलिङ । पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विवादकाबीच क्षेत्र विकास समितिले शौचालय निर्माण तथा व्यवस्थापनमा तीव्रता दिएको छ । पाथीभरा मन्दिरको दर्शनका लागि आउने तीर्थयात्रीको सहजताका लागि समितिले शौचालय व्यवस्थापन एवं निर्माणलाई गति दिएको हो ।
समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार माथिल्लो फेदीदेखि पाथीभरा मन्दिरसम्मको पदमार्गको विभिन्न ४ ठाउँमा शौचालय निर्माण गरिएको छ । करिब ८४ लाखको बजेटमार्फत हरेक ठाउँमा ४ कोठे शौचालय निर्माण गरिएको उनले बताए । विभिन्न स्थानमा कुल १६ वटा प्यान रहेको शौचालय निर्माण गरिएको समितिले जनाएको छ । पाथीभराको भेटीमार्फत दर्शनार्थीको सहजताका लागि शौचालय निर्माण गरिएको हो ।
पाथीभरा मन्दिर क्षेत्रका कर्मचारी प्रमुख राजेन्द्र महतका अनुसार चन्द्रमा ढुङ्गाको छेउमा १८ लाख रुपियाँ र ठूलो घण्टी रहेको स्थानदेखि करिब ५० मिटर तल २४ लाख रुपियाँको लागतमा शौचालय निमार्ण भएका छन् । त्यस्तै हरियो पाटी छेउमा २० लाख र रमिते चौतारीको छेउमा २२ लाख रुपैयाँको लागतमा निर्माण कार्य जारी छ । यी दुई स्थानका शौचालय निर्माण कार्य करिब ८० प्रतिशत सम्पन्न भएको समितिले जनाएको छ ।
यस्तै पुराना शौचालयको समेत पुनर्निर्माण तथा व्यवस्थापन गरिएको छ । समितिका अनुसार करिब ६ लाख रुपियाँको लागतमा पुराना शौचालयको मर्मत गरिएको छ। फुटेका ढोका, उप्केको स्थल तथा चुकुल मर्मतलगायतको काम गरिएको छ । निर्माण कार्य सम्पन्न गरेपछि शौचालयको नियमित सरसफाइमा कर्मचारीको समेत व्यवस्था गरिने कार्यकारी निर्देशक हाङबाङको भनाइ छ ।
शौचालयमा तत्कालका लागि फाइबर ट्रष्टमार्फत पानी सङ्कलन गरी ड्रममा जम्मा गर्ने गरिएको कार्य जारी रहेको छ । पानीको दीर्घकालीन समस्या समाधानका लागि थप अध्ययन सुरु भएको हाङबाङले बताए । उनका अनुसार आगामी आर्थिक वर्षबाट पानीका लागि थप काम सुरु गर्ने तयारी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
११ बुँदे मागसहित जनमत पार्टीले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
-
प्रधानमन्त्रीले क्षमायाचना नगरेसम्म सदन नचलाऔँ : एमाले
-
प्रधानमन्त्रीले सदनमा आएर आफ्नो बोली नसच्याउँदासम्म कार्यसूची अगाडि बढ्दैन : हर्कराज राई
-
अवैध सम्पत्ति आर्जन मुद्दामा विशेष अदालतमा सुनिल पौडेलको बयान सुरु
-
फुल्चोकी भ्रमणमा सावधानी अपनाउन अनुरोध
-
नागढुंगा सुरुङबाट निस्केको पानीको सदुपयोगबारे सांसद तिमिल्सिनाले उठाइन प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण