रविले भने, ‘म बाेल्ने समय नजिक आउँदैछ’ (भिडियोसहित)
सोमबार, २६ फागुन २०८१, १३ : ०३
बुटवल । पूर्व गृहमन्त्री रवि लामिछानेले आफूले बोल्ने समय नजिक आउँदै गरेको प्रतिक्रिया दिएका छन् । बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा उच्च अदालतबाट बाहिरिँदै गर्दा लामिछानेले यसका लागि केही समय प्रतीक्षा गर्न भनेका हुन् ।
रुपन्देही जिल्ला अदालतबाट माग १ करोड रुपैयाँ धराैटी रकम धेरै भएको भन्दै पुनर्विचार गर्न माग गर्दै लामिछाने उच्च अदालत पुगेका हुन्। उक्त निवेदन दिएर श्रीमती निकातासहित बाहिरिँदै लामिछानेले आफू अहिले बोल्ने अवस्था नभएको तर बोल्ने दिन नजिकै आएको सञ्चारकर्मीलाई बताए।
उनी आजै जिल्ला अदालत रुपन्देहीमा हाजिर पनि हुँदैछन् । जिल्ला अदालत हाजिर हुन आएको बेला उनले उच्च अदालत तुलसीपुर बुटवलमा निवेदन लिएका हुन्। हिजो बुटवल आएका रवि जिल्ला अदालतमा हाजिर भएर आजै काठमाडौँ फर्कने तयारी गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्यादित महिनावारीसम्बन्धी लुम्बिनी प्रदेशसभा संसदहरुसँग छलफल
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण