अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासलगत्तै उत्तर कोरियाले हान्यो ब्यालिष्टिक मिसाइल
प्योङयाङ । सोमबार मध्यान्ह उत्तर कोरियाले एल्लो सी तर्फ अनेकौँ ब्यालिष्टिक मिसाइल प्रहार गरेको छ । दक्षिण कोरियाली सेनालाई उद्धृत गर्दै सो सम्बन्धी समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले छापेका छन् ।
अमेरिका र दक्षिण कोरियाले व्यापक स्तरमा संयुक्त सैन्य अभ्यास सुरु गरेको केही घन्टापछि उत्तर कोरियाले पहिचान खुल्न बाँकी रहेका ती मिसाइल हानेको बताइएको छ । मिसाइल उत्तर कोरियाको ह्वाङगहेए प्रान्तबाट दिउँसो मध्यान्ह १ः५० बजे आसपास प्रहार भएको भनिएको छ ।
आफ्नो सेनाले सतर्कता र निगरानी बढाएको दक्षिण कोरियाको ज्वाइन चफ्सि अफ स्टाफ (जेसीएस)ले भनेको छ । मिसाइलको प्रकार, यसको रेञ्ज लगायत जानकारी पछि सार्वजनिक गरिने जेसीएसले भनेको छ ।
एक दिनअघि मात्रै उत्तर कोरियाको पार्टीको मुखपत्रले अमेरिका र दक्षिण कोरियाबिचको सैन्य अभ्यासलाई आक्रामक र टकराबपूर्ण युद्ध अभ्यास भनेर भनेको थियो ।
गत हप्ता मात्रै उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनीले कोरियाली प्रायद्वीपमा अमेरिकी सैन्य गतिविधिको प्रतिक्रियामा उत्तर कोरियाले रणनीतिक स्तरको कदम चर्काउनेबारे सोचिरहेको बताएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण