लामिछाने तारिखका लागि वैशाख २३ गते पुनः रुपन्देही आउनुपर्ने
बुटवल । बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा पूर्व गृहमन्त्री रवि लामिछानेले रुपन्देही जिल्ला अदालत पुगेर सोमबार पहिलो पटक तारिख बुझेका छन् ।
उनलाई अब अर्को तारिख आगामी वैशाख २३ लाई दिइएको अदालतका श्रेस्तेदार यज्ञ मूर्ति ज्ञवालीले बताए । लामिछानेले आज नम्बर ७ फाँटमा तारिख बुझेको उनको भनाई छ ।
जिल्ला सरकारी वकिल कार्यालयले माघ ६ मा रुपन्देही जिल्ला अदालतमा सुप्रिम सहकारी ठगी र सङ्गठित अपराधमा लामिछानेसहित २२ जनालाई अभियुक्त बनाएर पूरक मुद्दा दर्ता गरेको थियो । गीतेन्द्रबाबु (जीबी) राई, लामिछानेसहित ४२ जनाबाट ५५ करोड ५९ लाख ८३ हजार ८ सय ४२ रुपैयाँ र लामिछाने, छविलाल जोशी र लक्ष्मीप्रसाद पौडेलबाट १० करोड ९९ लाख थप बिगो र लामिछानेको व्यक्तिगततर्फ २ करोड बिगो दाबी गर्दै मुद्दा दर्ता भएको थियो ।
जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले माघ १३ गते सहकारी ठगीमा तत्काल प्राप्त प्रमाणका आधारमा लामिछानेले ‘कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिब आधार नदेखिएको’ भन्दै पछि ठहरेबमोजिम हुने गरी एक करोड धरौटीमा छोड्ने आदेश गरेको थियो ।
लामिछानेलाई थुनामा नराखी धरौटीमा छाडेको जिल्ला अदालतको आदेशमा चित्त नबुझाएपछि जिल्ला सरकारी वकिल कार्यालय लामिछानेलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पुगेको छ।
यसैगरी अदालतले लिएर एक करोड धरौटी रकमबिना आफू तारिखमा बस्न पाउनु पर्ने माग गर्दै लामिछानेले उच्च अदालत तुलसीपुर बुटवलमा निवेदन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्यादित महिनावारीसम्बन्धी लुम्बिनी प्रदेशसभा संसदहरुसँग छलफल
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण