नाडा र श्रम मन्त्रालयबिच समझदारी पत्रमा हस्ताक्षर
काठमाडौँ । काठमाडौँमा सुरु भएको पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) बिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा नाडाकातर्फबाट अध्यक्ष करण चौधरीले हस्ताक्षर गरेका छन् ।
सम्मेलनका प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीको समुपस्थितिमा सो मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभिटी) र नाडाबिच लागत साझेदारीमा अटोमोबाइल क्षेत्रमा रोजगारमूलक छोटो अवधिको तालिम विकास, सञ्चालन र प्रशिक्षार्थीहरूलाई रोजगारीको सुनिश्चितता गर्ने विषयमा एउटा समझदारी पत्रमा हस्ताक्षर समेत सम्पन्न भएको हो । यसले रोजगारी र श्रमिकहरूको अभिवृद्धिका लागि सरकार र नेपालको निजी क्षेत्र समन्वयात्मक रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ ।
यसलाई सरकारको हरेक कदममा निजी क्षेत्रलाई समेत सहभागी गराई अघि बढ्ने संकल्पको रूपमा नाडाले लिएको जनाएको छ । सम्मेलनमा अध्यक्ष चौधरीले अटोमोवाइल उद्योगमा सीप विकास र रोजगारीका विषयमा नीतिगत सुझावहरू समेत दिएका छन् ।
आफ्नो प्रस्तुतिको क्रममा अध्यक्ष चौधरीले नेपालमा रोजगारीको स्थिति, विदेशमा बसाइसराइ, विदेशमा बढ्दो बसाइ सराइले पारेका प्रभावहरू, नेपाली विद्यार्थीहरूले अन्य मुलुकहरूमा जानका लागि गरिरहेको प्रयास र त्यसबाट देशमा परेको प्रभाव, रोजगारीका चुनौतीहरू, नेपालको अटोमोबाइल क्षेत्रले राजश्व मार्फत देशको अर्थतन्त्रमा दिएको योगदान, अटोमोबाइल क्षेत्रले दिने रोजगारीमा देखिएका चुनौतीहरू, नीतिगत सिफारिस र तत्कालै गर्नु पर्ने पहलहरूका विषयमा तथ्याङ्कगत प्रस्तुति दिएका थिए ।
उक्त सम्मेलनमा नाडाका तर्फबाट उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, केन्द्रीय कार्य समिति आमन्त्रित सदस्य नारायणप्रसाद पौडेल समेतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण