अछाममा माटोको ढिस्कोले पुरिँदा दुई महिलाको मृत्यु
सोमबार, २६ फागुन २०८१, १९ : २१
कैलाली । अछाम जिल्लाको मंगलसेन नगरपालिका–८, सुतुडामा माटोको ढिस्कोले पुरिँदा दुई महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीका अनुसार वडा नम्बर–९, पान्लिभिडका २७ वर्षीया देउरुपा बोहरा र २३ वर्षीया बिनिता बोहराको घटनास्थलमै मृत्यु भएको हो । उनीहरू चैते दसैँका लागि घर लिपपोत गर्न माटो ल्याउन गएका थिए ।
माटो खन्ने क्रममा अचानक ढिस्को खसेर उनीहरू पुरिएका थिए । घटनाको थप जानकारीका लागि जिल्ला प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारी र नेपाली सेनाको टोली घटनास्थलमा पुगेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालीमाटी र बल्खुबाट ३५ जना बिचौलिया पक्राउ
-
विश्वकपमा इरानमाथि अमेरिकाको कडा नीति : खेल सकिएको केही घण्टामै देश छाड्नुपर्ने
-
सांसद निश्कल राईको संकल्प
-
मासु खान चोरिएका सयौँ बिरालोको उद्धार
-
एम्बाप्पेको ऐतिहासिक रात : कुन-कुन रेकर्ड तोडे ?
-
अध्ययन बिदा बसेका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण