अछाममा माटोको ढिस्कोले पुरिँदा दुई महिलाको मृत्यु
सोमबार, २६ फागुन २०८१, १९ : २१

कैलाली । अछाम जिल्लाको मंगलसेन नगरपालिका–८, सुतुडामा माटोको ढिस्कोले पुरिँदा दुई महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीका अनुसार वडा नम्बर–९, पान्लिभिडका २७ वर्षीया देउरुपा बोहरा र २३ वर्षीया बिनिता बोहराको घटनास्थलमै मृत्यु भएको हो । उनीहरू चैते दसैँका लागि घर लिपपोत गर्न माटो ल्याउन गएका थिए ।
माटो खन्ने क्रममा अचानक ढिस्को खसेर उनीहरू पुरिएका थिए । घटनाको थप जानकारीका लागि जिल्ला प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारी र नेपाली सेनाको टोली घटनास्थलमा पुगेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठेकदार सांसद कान्छारामको लापर्बाही : दोस्रो म्याद पनि सकियो तर सकिएन १५ सडकको काम
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
बागमतीमा बहुवर्षे र स्रोत सुनिश्चितताबाट १३ अर्बभन्दा बढी दायित्व सिर्जना
-
सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
तीन वायुको प्रभाव कायमै, कहाँ-कहाँ छ वर्षाको सम्भावना ?